अछाम । नेपालमा अहिले पनि छाउपडी प्रथा कायमैं छ । यसका पछाडी धार्मिक अन्धविश्वास रहँदैं आएको छ जसका कारण आज पनि रजस्वाला पछि महिलाले छाउगोठमा वस्नुपर्ने वाध्यता रहेको छ । सुदूर पश्चिमाञ्चलका अधिकांश पहाडी जिल्ला छाउपडी गोठमुक्त घोषणा गरेपनि जिल्लाका विभिन्न ठाउँमा छाउपडी गोठ अझै कायमै रहेका छन् । अछामको धेरैजसो क्षेत्रमा छाउपडी प्रथालाई कायमै राख्ने गरेको पाइएको छ । जिल्लाको अन्य क्षेत्र भन्दा ढकारी गाँउपालिकामा छाउपडी गोठ बढी मात्रामा रहेका छन । रजस्वला भएको वेला महिलालाई दूध, दही, मोही, मह, घ्यू जस्ता पोसिला खाने कुराबाट बञ्चित गर्ने परम्परा अझै रहेको छ ।

छाउ भएको वेला पानीका मुहान, धारा,तरकारी खेती,फलफुलका बोट बिरुवा,घरपालुवा जनावरलाई छुन समेत नदिने परम्परा कायमै रहेको छ । छाउ भएको बेला यस क्षेत्रका महिलाहरुले शौचालय समेत प्रयोग गर्नबाट बन्चित रहदै आएका छन । रजस्वला भएको बेलामा सात दिन सम्म बाहिर बस्नु पर्ने र सातै दिन शौचालय प्रयोग गर्न नपाउने गरेको ढकारी गाँपालिका २ कि राजु रानाको भनाइ छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

सम्बन्धित खबरहरु