इट्टानगर । नेपाल विश्वमा जलस्रोतको हैसियतले दोस्रो स्थानमा पर्छ । नेपालबाट बग्ने पानी भारत हुँदैं समुन्द्रमा जान्छ । वर्षायाममा पानीको बहाव बढ्दा भारतले आफुतिरका सबैं ब्यारेज बन्द गर्छ र नेपालतर्फ पानी फर्काउछ जसको कारण हरेक वर्ष तराईमा बाढी पहिरोको समस्या हेने गर्दछ । यस बारेमा नेपाल र भारतले कुनैं दिर्घकालीन समधान खोज्न सकेका छैंनन । हिँउदमा नेपालको पानीले आफ्नो जमीन सिचाई गर्ने भारत वर्षमा भने पानी बग्न नदिएर नेपालतर्फ फर्काउने जस्तो अमानविय कार्य गर्दछ ।

यस्तैं भारत र चीन विच पनि सिमा जोडिएको जहाँ थुप्रै ठुलठुला नदिहरु पनि छन । त्यस्ता नदीहरु जुन चीनबाट भएर भारततर्फ बग्ने गर्छन, त्यसमा भने चीनले भारतलनई भारतले नेपाललाई गरेको जस्तैं व्यवहार देखाउँने गर्दछ । चीनले नदीमा पानीको वहाब बढ्दै गएमा त्यसको समाधानको लागी ड्याम खोल्ने गर्छ जसले भारतमा हरेक वर्ष ठुलो जनधनको क्षति हुने गर्छ । यसको पनि चीन र भारतले कुनैं दिर्घकालिन समाधान खोज्न सकेका छैनन । चीनको यस कार्यबाट सबैंभन्दा धेरै हिमाचल प्रदेश प्रभावित हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन । अरुणाचल भएर बग्ने ब्रह्मापुत्र नदीको उद्गम स्थल चीनमा पर्दछ । यस नदीलाई चीनमा संगोपो,अरुणाचल प्रदेशमा सिङ्ग र आसमको ब्रह्मपुत्र भनिन्छ। यो नदीमा ९०२० क्युसेक पानी छोडेको चीन सरकारले भारतलाई जानकारी दिएको छ ।

 

सम्बन्धित खबरहरु