काठमाडौ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा २०७५÷०४÷१७ गते प्रकाशित कक्षा १२ को वार्षिक परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योगका लागि निवेदन दिएका परीक्षार्थीहरु मध्ये प्रथम चरणमा कार्य सम्पन्न भई पुनर्योग पश्चात् नतिजा परिवर्तन भएका निम्न सिम्बोल नम्बरका परीक्षार्थीहरुको पुनर्योगको नतिजा राष्ट्रिय परीक्षा बोर्डको मिति २०७५/०५/१४ गतेको निर्णयानुसार प्रकाशन गरिएको छ । परिवर्तित ग्रेडसिट/लब्धाङ्कपत्र लिनका लागि नतिजा प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन पश्चात् सक्कलग्रेडसिट/लब्धाङ्कपत्र लिई यस कार्यालयमा सम्पर्क गर्नुहुन जानकारी गराईन्छ । जानकारी सबैमा सेयर गरिदिनुहोला ।

सम्बन्धित खबरहरु