काठमाडौं । भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धि कैलाश मानसरोवर यात्राको लागि नेपाल आएका छन । उनी आज विहान मात्रैं कैलाश मानसरोवर यात्रामा निस्किएका छन । उनको यो यात्रा मोदी सरकारले चीनसँग बढाएको दुरी कम गर्दै सन २०१९ मा हुने प्रधानमन्त्रीको निर्वाचनमा भारतीय जनताको विश्वास जित्ने एक मौंका हो । कैलाश मानसरोवर मात्रालाई आफुले गम्भिर रुपमा लिएको गान्धिले सञ्चारकर्मिहरुसँगको कुराकानीमा बताएका छन । उनले नरेन्द्र मोदी नेतृत्वको सरकारले छिमेकीहरुसँग राम्रो सम्बन्ध कायम गर्न नसकेको र छिमेकीहरुलाई धोका दिने गरेको बताउँदैं आएका छन । उनले कैलाश यात्राले आफ्नो मनोशान्तिका लागि पनि भएको जनाएका छन । उता भारतीय जनता पार्टीका प्रवत्ता संवित पात्राले राहुल गान्धि चीन निकट भएर नरेन्द्र मोदी सरकारलाई कमजोर बनाउँन खोजेको आरोप लगाएका छन ।

सम्बन्धित खबरहरु