नयाँ दिल्ली । भारत र अमेरिका बिच लामो समयदेखि राम्रो सम्बन्ध रहँदैं आएको छ । तर पछिल्लो पटक अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि धेरैं देशहरुसँगको सम्बन्धमा बद्लाब आएको छ । त्यसको असर भारतमा पनि देख्न सकिने भएको छ । नरेन्द्र मोदी नेतृत्वको सरकारले अमेरिका भन्दा पनि रुससँग सम्बन्ध विस्तार गर्न थाले पछि अमेरिकाले चेतावनी दिएको छ । अमेरिकाले भारतलाई भनेको छ यदि अब भारतले अमेरिकासग हात हतियार खरिद गर्न खोजेमा पहिले पाउदैं आएको छुट अब पाउनेछैंन । भारतले ३९००० करोड(भारतीय रुपँया)मा एस ४०० मिसाइल खरिद गर्न लागेको छ ।
भारतले रसियासँग हातहतियार खरिद गर्दै गएमा अमेरिकाले भारतसँग हुने हातहतियारको सबैं व्यापार बन्द गर्ने चेतावनी दिएको छ । यसबाट अमेरिका र भारत बिचको सम्बन्धमा चिसोपना आउने देखिएको छ । अमेरिकासँगको सम्बन्धमा मात्रैं होईन अहिले भारतको चीन,पाकिस्तान लगायतका धेरैं देशहरुसँगको सम्बन्धमा समस्या भएको ब्याख्या हुन थालेको छ । अमेरिकी निती अनुसार यदि कुनैं पनि देश रसिया वा अन्य एजेन्सीको माध्यमबाट हातहतियार खरिद गर्छ भने उसले अमेरिकाबाट पाउँने सबैं खालको सुविधा गुमाउनुपर्छ । एजेन्सीको सहयोगमा