काठमाडौं । सोबित बांगा र सुप्रिया पउलले सन् २०१५ मा अन्तर्राष्ट्रिय युवाहरुमा मानविय सम्भावनाको उजागर गर्ने उद्देश्यका साथ व्यक्तिहरुको प्रेरणादायि कथाहरु शेयर गर्ने प्ल्याटफर्मको रुपमा जोस टकको स्थापना गरेका हुन् । जोस टक नेपाल ‘जोस टक अन्तर्राष्ट्रिय’सँग आवद्ध भएको छ । जोस टकले उद्यमशिलता, पब्लिक पोलिसी, खेलकुद, मनोरञ्जन तथा सामाजिक सेवा क्षेत्रका वक्ताहरु सम्मिलित कार्यक्रमको आयोजना गरिरहेको छ ।

हालसम्म यस्ता प्रेरणादायी कथाहरुले ३ करोड ५० लाख भन्दा बढि व्यक्तिहरुलाई प्रभावित पारिसकेको छ । जोस टक नेपालको उद्देश्य नेपालका हिरोहरुको स्टोरीद्धारा यहाँका युवाहरुलाई प्रेरित गर्नु रहेको छ । जोस टकको मुख्य उद्देश्य नै व्यक्तिहरुलाई कथाको माध्यमबाट नयाँ आइडिया तथा नयाँ अवसरहरुका कथासँग जोड्नु हो । जोस टक नेपालले नेपाली समूदायलाई विश्वमा आज के भईरहको छ भन्ने दिशातर्फ पाईला बढाउन सहयोग गर्ने छ । यसको मुख्य उद्देश्यनै नेपालका चुनिएका विद्धावनहरुलाई आफ्ना कथाहरु शेयरगरि अन्य व्यक्तिहरुलाई श्रृजनाको औजार बन्न प्रेरित गर्नु हो । उक्त कार्यक्रम यहि मिति २०७५ साल भदौ २३ गते शनिवारका दिन बसुन्धरा स्थित साउथ वेस्र्टन कलेजमा आयोजना गरिने छ ।

वक्ताहरु

  • १. शैलेन्द्रराज गिरी, संथापक मेरोजब डटकम
  • २. शैली बस्नेत, माउण्टेनर तथा कमिडियन
  • ३. सौनक भट्ट, लाईफकोच
  • ४. अहमद दुल्ला, द फ्याकट्री टीम
  • ५, शिक्षित खड्का, सह संथापक, टुटल
  • ६, सुमन खड्का, युवा कार्यकर्ता
  • ७, निकिता आचार्य, सह संथापक, अर्बन गर्ल
  • ८, शत्रुग्न प्रसाद पुडाशैनी, सहसचिव, उध्योग बाणिज्य तथा आपूर्ती मन्त्रालय
  • ९, अभया सुब्बा, संगीतकर्मी

सोच उत्तेजक तथा चित्त आकर्षक यात्रामा सहभागि हुनुहुन सबैलाई हार्दिक अनुरोध छ ।

सम्बन्धित खबरहरु