काठमाडौं । प्रायःभगवान श्रीकृष्णको नाम माता राधासँग जोडिएर आउँने गर्छ । तर आज हामी तपाईलाई भारतको राजस्थानमा भएको एक विचित्र मन्दिरका बारेमा जानकारी गराउँनेछौं । यस्तो, मन्दिर जहाँ भगवान कृष्णको माता राधासँग होईन अरु नैं कुनैं देवीका साथ पुजा गर्ने गरिएको छ । यस मन्दिरमा भगवान श्रीकृष्णको देवी कान्यासँग पुजा गर्ने गरिएको छ । यहाँ देवी कान्या मात्रैं होइन उनकी भक्तेनी मीराबाईको पुजा पनि कृष्ण भगवानसँग गर्ने गरिएको छ ।

राजस्थानको अजमेर जिल्लामा रहेको यो मन्दिरको नाम जगत शिरोमणी रहेको छ । यो राजस्थानको सबैंभन्दा लोकप्रिय र पर्यटकिय मन्दिर हो । यहाँ लाखौं भक्तजनहरुको भिड लाग्ने गर्दछ । यस मन्दिरमा कृष्ण जन्मअष्टमीका दिन ठुलो संख्यामा भक्तजनहरुको भिड हुने गर्दछ ।

यो मन्दिरको निर्माण सन १६०८ मा निर्माण भएको थियो । यो भनिएको छ कि महाराजा मानसिंह प्रथमकी पत्नी कनकवतीले आफ्नो पुत्र जंगतसिंहको लागि यो मन्दिर बनाएकी थिइन । त्यसैंले अन्य मन्दिर भन्दा फरक यस मन्दिरमा भगवान कृष्णको साथमा मीराबाईको पनि धुमधामसँग पुजा गर्ने गरिएको छ । एजेन्सी

सम्बन्धित खबरहरु