ज्योतिष सुजल श्रेष्ठ / आज वि.सं. २०७५ भाद्र २० गते बुधबार तदनुसार ई. सं. २०१८ सेप्टेम्बर ०५ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११३८, (गुँलागा), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:४४ बजे र सूर्यास्त : साँझ ०६:२० बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:३६ बजे र सूर्यास्त : साँझ ०६:११ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:४८ बजे र सूर्यास्त : साँझ ०६:२५ बजे, भाद्रपद कृष्णपक्षको दशमी तिथि, दिउँसो ११:२३ बजेसम्म, त्यसपछि एकादशी तिथि, आर्द्रा नक्षत्र, दिउँसो ०२:५२ बजेसम्म, त्यसपछि पुनर्वसु नक्षत्र, चन्द्रमा मिथुन राशिमा (अहोरात्र व्याप्त), सिद्धि योग, बिहान ०७:२६ बजेसम्म, त्यसपछि व्यतिपात योग, विष्टि (भद्रा) करण, बेलुका १०:११ बजेसम्म त्यसपछि बब करण, आनन्दादि योग : मुसल, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : उत्तर, वारशूल : उत्तर,आजको मूहुर्त : कलशचक्र,

आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त : भोलिको चाडपर्व र उत्सव : अजा एकादशी व्रत, भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), कलशचक्र, २२ गते : शुक्र प्रदोष व्रत, जुग यँ पञ्चदान, निजामती कर्मचारी दिवस, मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), शिलान्यास (सामान्य), द्रव्यप्रयोग वा लगानी, डेरा सर्ने, दैलो राख्ने, कलशचक्र, २३ गते : शिक्षा तथा साक्षरता दिवस, मूहुर्त : कलशचक्र,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – अलि कति रमाइलो वा खुसियाली जस्तो बढ्ने र रोजगारीको लागि व्यवस्थित बनौँ भन्ने हुनेछ । साझेदारीका समस्या अलि सुल्झनाले भएकाले हल्का महसुस होला । व्यवसायको सन्दर्भमा सुभ देखिन्छ । अनुकुल स्थिति आउन सक्ने हुन्छ । कृषिकर्म आदि काममा मनग्गे लाभ हुनेछ । नयाँ काम फेला पर्न सक्छ । केही चुनौती देखिए पनि मनमा भएजति पुरा गर्न नसक्ने नहोला । कुनै संघ संस्था खोलौ भन्ने वा कुनै काम अघि बढाउ भन्ने हुनेछ । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – हिसाबकिताबमा विवाद आउन सक्छ । थोरै लाभको मात्र सम्भावना देखिन्छ । भान्छामा काम धेरै बढेर जाला । मिठो मिठो खाना मन होला । ब्यापारीहरुको लागि राम्रो छ । बैक आदिको काम गर्नु पर्ला । व्यवसायको सन्दर्भमा शुभ देखिन्छ । अनुकुल स्थिति आउन सक्ने हुन्छ । कृषिकर्म आदि काममा मनग्गे लाभ हुनेछ । व्यावसायिक काममा मनग्गे लाभ हुनेछ । व्यापार लगायतका क्षेत्त्रमा राम्रो देखिन्छ । मनमा आलस्य र अल्छीपनको निवास हुनाले अवसरले पछ्याउँदा पनि तिनलाई उपयोग गर्न सकिंदैन । प्रेम र मित्रताका लागि उचित भूमिका निर्वाह गर्न नसक्नाले तीतोपन बढ्ने सम्भावना छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – धेरै जोश र जागरले भरिभराउ होला । माया गर्ने मान्छेहरुको याद आउला । व्यावहारिक अलमलले काममा बाधा ल्याउला । आँटेको काममा अलि ढिलाई होला । अरूको मुख नताक्नु होला । अरुले त्यतिकै फसाउन सक्छन् । अवसरको खोजीमा भौतारिनु पर्ला । कमजोरी सुधार्दै अघि बढ्दै जानु पर्नेछ । यदि नसुधारे आफैलाई गाह्रो होला । सहयोगीहरूले केही समस्या भने बनाउन सक्छन् । प्रयत्न गर्दा आउने समस्या समाधान हुनेछन् । काम वा धननै सब थोक होइन आराम र शान्ति पनि चाहिने भन्ने बिचार आउनेछ । जसले आनन्द दिनेछ । समयमा निर्णय लिन नसक्दा पछि परिनेछ । शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन् । भेटघाटको अलमलले काम रोकिन सक्छ । त्यसैले संयम र धैर्य भई काम गर्ने दिन हो, आज ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – आकस्मिक खर्च बढ्नाले मनमा चोट लाग्ला । किनमेलमा मन जानेछ । नसोचेको ठाउमा खर्च होला । रमाइलो दिनको सुरु भएको देखिन्छ । तत्काल सामान्य फाइदा पछि घाटा हुन सक्ला । फाइदा फाइदा भन्दै पछि त्यतिकै खर्च हुन सक्छ । जीवनशैलीमा परिवर्तन आउन सक्छ । आँटेको काममा अलि ढिलाई होला । अरूको मुख नताक्नु होला । गरिब दुखीको सेवाको अवसर आउला । दान पुण्य गर्न पाउला । के खाउ के खाउ हुन सक्छ । नयाँ योजना कार्यान्वयनमा कठिनाइ हुनेछ । समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ । खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – धन सञ्चय वृद्धि हुनेछ । आफ्नो दाइदिदि आदिसँग भेटघाट वा जमघट हुन सक्छ । ठुलो ठुलो काममा भन्दा सानोमा मन होला । घर परिवारमा सबैलाई माया बढ्नेछ । पढ्ने लेख्ने काम बढ्छ । यता उता जाउ भन्ने हुन्छ । आजको दिन महत्त्वपूर्ण हुने छ । पराक्रमद्वारा असाद्द्य कामहरु पनि बन्ला । अध्ययनको लगावले अलि बढी पढाई लेखाइमा लाभ होला । फाइदा उठाउने समय छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पितृधनलाई उपयोग गर्न सकिने छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – अरुले त्यतिकै फसाउन सक्छन् । पराक्रमद्वारा असाद्द्य कामहरु पनि बन्ला । बिहान देखिनै काम काम होला । सबको माया प्रेम पाउने देखिन्छ । मांगलिक काम कुराहरु बढेर आउने जस्तो देखिन्छ । रमाइलो जमघट हुने देखिन्छ । भौतिक साधनले जीवनशैलीमा सहजता आउला । जीवनशैलीमा परिवर्तन आउन सक्छ । अनुकुल स्थिति आउन सक्ने हुन्छ । आजको दिन महत्त्वपूर्ण हुनेछ । प्रतिष्ठा र पदको आश्वासन देखाउनेहरूले घात गर्नेछन् । आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । पढाइलेखाइमा समय दिन नसकिएला । व्यापारमा पनि कमै फाइदा हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – भाइबहिनीहरु प्रत्ति पनि राम्रो देखिएको छ । छोरा छोरीहरुले सम्झनेछन् । केहि लेखहरु वा कागज तयारमा समय खर्च होला । मन मिल्ने मान्छेहरुको साथ पाईनेछ । रमाइलो जमघट हुने देखिन्छ । अनुकुल स्थिति आउन सक्ने हुन्छ । अध्ययनको लगावले अलि बढी पढाई लेखाइमा लाभ होला । चुनौती पन्छाउँदै अघि बढ्न सकेनेछ । अध्ययनको लगावले अलि बढी पढाई लेखाइमा लाभ होला । यात्राको अलि माहोल बनेको छ । अरुले इज्जत गर्नेछ । चिताएको काममा सफलता पाउनु हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । घरायसी सुखको अनुभूति हुनेछ । साथीभाइसित भेटघाट हुनुका साथै मनोरञ्जनात्मक काममा संलग्न भइने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – रोगलाइ दबाउन सकिएला र स्वास्थ्य बिस्तारै राम्रो होला । सर–सफाई गर्न मन होला । बिग्रेको काम कुरालाई सुधार्न सकिएला । पराक्रमद्वारा धेरै कामहरु पनि बन्ला । पशुपालन तथा कृषि क्षेत्र राम्रो देखिन्छ । चुनौती पन्छाउँदै अघि बढ्न सकिनेछ । केही चुनौती देखिए पनि मनमा भएका काम कुरा पुरा गर्न नसक्ने नहोला । कमजोरी सुधार्दै अघि बढ्दै जानु पर्नेछ । यदि नसुधारे अफ्फैलाई गारो होला । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, गोपनीयतामा ध्यान पुर्याउनुहोला । सवारीमा सावधानी अपनाउनुहोला । लेनदेनको विवादले अप्ठ्यारो पार्न सक्छ । स्वास्थ्य कमजोर रहनेछ । हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – सहयोगीहरूले केही समस्या भने बढाउन सक्छ । प्रयत्न गर्दा आउने समस्या समाधान हुनेछन् । कामको अलमल हुनेछ । केही संघर्ष गर्नुपर्ला । भबिस्यमा घुम्न जाने वा रमाइलो गर्ने आदि बारे योजना बन्नेछ । कार्यक्रम आयोजनामा सहभागी हुन पाउला । साझेदारीका समस्या अलि सुल्झनाले हल्का महसुस होला । रमाइलो जमघट हुने देखिन्छ । व्यवसायको सन्दर्भमा सुभ देखिन्छ । अनुकुल स्थिति आउन सक्ने हुन्छ । सुन्दर पहिरनमा ठाँटिएर अरूको मन लोभ्याउन सकिने छ । मनग्ये धनलाभ हुनेछ । व्यवसायको सिलसिलामा रमाइलो यात्रा हुन सक्छ । आम्दानी बढाउने काम सुरु गर्न सकिने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – केही दौडधुप गर्नुपर्ला र संघर्ष गर्नु पर्ला । केही चुनौती देखिए पनि मनमा भएका योजना पुरा गर्न नसक्ने नहोला । विवादास्पद कुरा वहन गर्नुपर्नेछ । बिरामी हुन सक्ला । जे पायो तेही नखानु होला । काम कुरा आदिलाई छिटो सकाउनु पर्ने दबाब आउन सक्छ । गर्नु पर्ने धेरै काम गर्न सकिएला । पराक्रमद्वारा धेरै कामहरु पनि बन्ला । पशुपालन तथा कृषि क्षेत्र राम्रो देखिन्छ । चुनौती पन्छाउँदै अघि बढ्नाले खुशी मिल्नेछ । केही चुनौती देखिए पनि मनमा भएका योजना पुरा गर्न नसक्ने नहोला । कमजोरी सुधार्दै अघि बढ्दै जानु पर्नेछ । यदि नसुधारे आँफैलाई गाह्रो होला । अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्न बुद्धिमानी हुनेछ । तर्क र बहसमा पकड भएकै दिन छ, त्यसैले मान–सम्मानको रक्षा हुनेछ । गरेका काममा देखिएका विघ्नबाधा हटाउन सकिने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – धेरै इन्टरनेट चलाउनु पर्ला । मिलनसार साझेदार वा मान्छेहरुसँग भेट होला । धर्म कर्म, पुजा पाठमा मन होला । समाचार आदि पढ्नमा मन जानेछ । दाइदिदि जस्तै सम्मानीय जनको प्रेम पाईएला । शिक्षा पढाई लेखाइमा शुभ देखिन्छ । पढाई लेखाइको तयारी बढ्नेछ । तिर्थ यात्रा वा कहि शुभ यात्रा को योग छ । रमाइलो जमघट हुने देखिन्छ । व्यवसायको सन्दर्भमा सुभ देखिन्छ । अनुकुल स्थिति आउन सक्ने हुन्छ । आजको दिन महत्त्वपूर्ण हुने छ । अध्ययनको लगावले अलि बढी पढाई लेखाइमा लाभ होला । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – सैबको माया प्रेम पाईने देखिन्छ । मांगलिक काम कुराहरु बढेर आउने जस्तो देखिन्छ । आमा आदिको बिषेश याद आउला । जीवनमा सुधार आएको भान होला । लगनशील र इमान्दारीको साथ अघि बढ्ने भएकाले सफलता हातमा छ । रोजगारीबाट लाभ प्राप्त भएर आउने देखिन्छ । कसरि पैसा कमाउ भन्ने सोच बढ्नेछ । व्यवसायको सन्दर्भमा सुभ देखिन्छ । अनुकुल स्थिति आउन सक्ने हुन्छ । आजको दिन महत्त्वपूर्ण हुने छ । पराक्रमद्वारा धेरै कामहरु पनि बन्नेछन् । नयाँ काम फेला पर्न सक्छ । चुनौती पन्छाउँदै अघि बढ्न सकिनेछ । कुनै महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्न गोपनीय बाटोमा हिंड्नु राम्रो हुनेछ । पशुधन र जमिनबाट सामान्य लाभ हुनेछ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । टाढिएका साथीभाइ नजिकिने छन् ।

सम्बन्धित खबरहरु