लाहोर । अमेरिकी विदेश मन्त्री माइक पोम्पीओ बुधवार पाकिस्तान आइपुगेका छन । उनले पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री इमरान खानसँग शिष्ट्राचार भेट गरेका छन । उनीहरूले दुई देशबीचको सम्बन्धलाई पुर्णःस्थापनाको बारेमा छलफल गरेका छन । अमेरिकाले पाकिस्तानले आतंकवाद माथि लगानि गरेको भन्दैं केही साता अगाडी ३० हजार करोड अमेरिकी सहायता रोक्ने बताएको थियो ।

खान प्रधानमन्त्री भएपछि अमेरिकी टोलीसँगको यो पहिलो वार्ता हो । यसलाई विश्वले सकारात्मक रुपमा लिएको भए पनि भारत भने थप शसंकीत बनेको ब्याख्या हुन थालेको छ । उनीहरुले अमेरिका र पाकिस्तानको सम्बन्धलाई नयाँ रुप दिनको लागि आतंकवाद अफगानस्तानको शान्ति सुरक्षा जस्ता विषयहरुमा छलफल गरेका छन । शान्ति र अफगानस्तानमा स्थायीत्व पाकिस्तानको पनि चाहाना भएको भन्दैं पाकिस्तानले शक्दो सहयोग गर्ने खानले पोप्पीओलाई वचन दिएका छन ।

पोप्पीओले प्रधानमन्त्री खानसँगैं अन्य पाकिस्तानी अधिकारीहरुसँग पनि छलफल गर्ने भएका छन । उनी आफ्नो पाकिस्तान भ्रमण पछि अफगानस्तान,आतंकवाद र पछिल्लो समय भारतले रसियासँग हतियार खरिद गर्न गरेको सम्झौताको बारेमा जानकारी लिन भारत जाने एजेन्सीले जनाएको छ ।

सम्बन्धित खबरहरु