साफ च्याम्पियनसिपमा जित्नै पर्ने दबाबका साथ नेपाल भुटानविरुद्ध उत्रिने


काठमाडौ । बङ्गलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज भुटानविरुद्ध मैदानमा उत्रदैछ । बङ्गबन्धु रङ्गशालामा नेपाल र भुटानबीचको खेल नेपाली समयानुसार अपराह्न ३ः४५ बजे शुरु हुनेछ । पहिलो खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित भएको नेपाललाई सेमिफाइनल पुग्न पनि आजको खेल जित्नै पर्ने दबाब छ ।

 

साफमा नेपाल र भुटान दुई पटक खेलेका छन् । जसमा दुवै पटक नेपालले जितेको छ । नेपालले सेमिफाइनलको सम्भावना जीवितै राख्न भुटानलाई हराउनुको विकल्प छैन । पराजित भए नेपाल पुनः समूह चरणबाट घर फर्कने छ । नेपालसहित पाकिस्तान, भुटान र आयोजक बङ्गलादेश रहेको समूह ‘ए’ मा पाकिस्तान र बङ्गलादेशले आ–आफ्नो पहिलो खेल जित्दै महत्वपूर्ण तीन÷तीन अङ्क जोडिसकेका छन् । त्यसैले पनि नेपाललाई जित्नै पर्ने दबाब रहेको ढाकामा रहेका एन्फा उपाध्यक्ष कृष्ण थापाले जानकारी दिनुभयो ।

“आजको खेल नेपालका लागि गर या मरको अवस्था हो” उहाँले भन्नुभयो । नेपालले भुटानसँग सन् २००३ को साफमा प्रतिस्पर्धा गरेको थियो । ढाकामै भएको खेलमा नेपालले भुटानलाई २–० ले हराएको थियो । यस्तै नेपालले पाकिस्तानको कराचीमा सन् २००५ मा सम्पन्न साफमा भुटानलाई ३–१ ले हराएको थियो ।

नेपाली टोलीमा गोलकिपर किरणकुमार लिम्बू, विकेश कुथु र एलन न्यौपाने, डफेन्समा दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द र सुमन अर्याल, मिडफिल्डमा हेमन्त थापामगर, हेमन गुरुङ, विशाल राई, सुनिल वल, सुजल श्रेष्ठ र नीराजन खड्का तथा फरवार्डमा भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अन्जन विष्ट छन् ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविले भर्खरै गर्यो नतिजा प्रकाशित : {अनलाइन यसरी हेर्नुहोस्}
यो साल देखिका पास गर्न नसकेका विद्यार्थीले यस पटकको प्लस टु परीक्षामा विशेष अवशर
पुराना विद्यार्थीलाई विशेष मौका परीक्षा सम्बन्धि सूचना : त्रिभुवन विश्वविद्यालय
अमेरिकाबाट प्राध्यापनकालागि नेपाली विश्वविद्यालय आएका जेम्सलाई बिचौलियाले फिर्ता लखेटे
पाँच लाख मूल्य बराबरको छ रोपनी जग्गा विद्यालयलाई दान दिइयो
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता