साफ च्याम्पियनसिप फुटबलमा भुटानमाथी नेपालको सानदार विजय


बंगलादेश । साफ च्याम्पियनसिप अन्र्तगतको फुटबल खेलमा नेपालले भुटानमाथी सानदार जित दर्ता गराएको छ । आज भएको प्रतिस्पर्धाको दोस्रो खेलमा नेपालले भुटानविरुद्ध ४–० को जित निकालेको हो । पहिलो खेलमा पाकिस्तानसँग २–१ ले पराजित भएको नेपालले बिहीबार भुटानलाई खेलभर दबावमा राखेको थियो । खेलको २१ औं मिनेटमा नै अनन्त तामाङको गोलबाट अग्रता लिएको नेपालका लागि ७० औं मिनेटमा सुनिल बलले दोस्रो गोल गरेका थिए ।

भुटानी खेलाडी निमा वाङ्दीले निराजन खड्कालाई डी एरियामा फल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । त्यससँगै वाङ्दीले दोहोरो पहेंलो कार्ड पाएपछि भुटान १० खेलाडीमा सीमित भएको छ । विमल घर्तीमगरले पेनाल्टी सदुपयोग गर्न नसके पनि रिवाउण्डमा आएको बललाई सुनील बलले गोलमा परिणत गरेका थिए ।

त्यसपछि खेलको ७७ औं मिनेटमा अञ्जन विष्टको ठाउँमा मैदान छिरेका भरत खवासले त्यसको दुई मिनेटपछि सेन्टर नजिकैबाट एक्लै अगाडि बढाएको बललाई उत्कृष्ट प्रहार गर्दै नेपाललाई ३–० ले अघि पुर्‍याए । भुटानलाई लगातार दबावमा राखेको नेपालले ८८ औं मिनेटमा चौथो गोल गर्‍यो । नेपालका लागि ८८ औं मिनेटमा निराजन खड्काले गोल गरेर ४–० ले जिताए ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
अन्तिम समयमा आयोगले शिक्षक नतिजा सच्यायो, अन्र्तवार्तापनि परिवर्तन[जानकारीका लागि सेयरगरौ]
त्रिभुवन विश्वविद्यालय छिर्यो अख्तियार
सबै तहको परीक्षा फारम भर्ने सम्बन्धि त्रिविको अत्यन्तै जरुरी जानकारी [सुचनासहित]
छुट्ला है : स्नातकोत्तर तहको परीक्षा फारम भर्नेबारे अत्यन्तै जरुरी सुचना !
व्यवस्थापन संकाय तर्फको परीक्षाफल प्रकाशित [नतिजासहित हेर्नुहोस्]
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर