नयाँदिल्ली । एकता पछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड अहिले भारत भ्रमणमा रहेका छन । पुर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भारतमा काम गर्ने नेपालका समस्या चाँडै समाधान हुने बताएका छन् । भारत भ्रमणका क्रममा आज नेपाली राजदुतावासमा अखिल भारत नेपाली एकता मञ्च र प्रवासी नेपालीसंघका प्रतिनिधिसँगको छलफलमा प्रचण्डले यस्तो बताएका हुन । उनले भने , “भारतमा काम गर्ने तल्लो तहका कामदारदेखि स्वतन्त्र तरिकाले व्यवसाय सञ्चालन गर्ने नेपाली कामदारका विषयमा डिनर मिटिङमा यहाँका राष्ट्रिय सुरक्षा सल्लाहाकार अजित डोबलसँग कुराकानी भएको छ ।”

अहिले दुवै देशमा बहुमतको सरकार रहेकाले भारतमा नेपाली कामदारले भोग्दै आएका समस्या समाधान हुने आश्वासन दिएका हुन । उनले सल्लाहाकार डोबलसँग झण्डै ३ घण्टा भारतमा बस्ने नेपालीहरुका समस्या, दुई देशबीच भएका सम्झौताका बारेमा छलफल भएको समेत बताए । उनले नेपाल र भारतबीच भएका विभिन्न सम्झौता र समझदारीमा आफ्नो भ्रमण केन्द्रित रहेको बताएका छन । बिम्स्टेक सम्मेलन पछि भारतीय प्रधानमन्त्रीको औपचारिक निमन्त्रणामा अध्यक्ष प्रचण्ड बिहिबार दिल्ली पुगेका हुन ।

प्रचण्डले शनिबार दिउँसो साढे १२ बजे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग ७ लोककल्याण मार्गस्थित प्रधानमन्त्रीनिवासमा भेटवार्ता गर्ने कार्यक्रम रहेको दुतावासले जनाएको छ । प्रचण्डको सम्मानमा भारतीय विदेशमन्त्री शुष्मा स्वराजले शनिबार बिहान दिवा भोजको आयोजना गर्ने भएकी सछन । बेलुका इन्डिया फाउन्डेसनद्वारा आयोजित विद्वत् समारोहलाई प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । शुक्रबार साढे १२ बजे भारतका गृहमन्त्री राजनाथ सिंहले पनि प्रचण्डसँग शिष्टाचार भेट गर्नेछन ।

सम्बन्धित खबरहरु