पोखरा । बेगनासतालमा डुंगा पल्टिँदा बेपत्ता भएका ६ जनामा दुई जना मृत अवस्थामा फेला परेका छन् । तत्कालै खोजी गर्दा दुर्इ जनाको मृत्यु भइसकेको अवस्थामा फेला पर्यो भने अन्य ५ जना बेपत्ता भएका छन् । अरु २ जनालाई जिवितै उद्धार गरिएको छ । डुंगामा ९ जना सवार थिए । मृत्यु हुनेमा पोखरा–२८ की कृष्णकुमारी बजगाइँ र लेखनाथकी जमुना कडेंल रहेका छन् ।

बजगाइँको लेखनाथ सामुदायिक अस्पतालमा र कडेंलको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । बेगनासका स्थानीय गणेश कंडेलको घरमा दर खान आएका आफन्तहरु डुंगामा ताल घुम्न गएको एक स्थानीयले जानकारी दिए । डुंगामा ताल घुम्ने क्रममा एक जना बच्चा तालमा खसेको र उनलाई बचाउन खोज्दा डुंगा नै पल्टिएको प्रत्यक्षदर्शीको भनाइ छ । ढुंगा पल्टिएको देखेपछि एक जलारी किशोरीले आफन्तसहित पुगेर उद्दार गरेकी थिइन् । उद्दार गरिएका सपना खनाल, निशा पौडेलको यतिबेला लेखनाथ समुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

दर खान आएका आफन्त सवार डुंगा पल्टिएपछि बेहोस भएका स्थानीय कमलराज कडेंललार्इ पनि उपचारका लागि अस्पताल पुर्याइएको छ । उनी अर्को डुंगामा सवार थिए । बेपत्ता भएकाहरूको खोजी कार्य भइरहेको कास्की प्रहरी प्रमुख तथा प्रवक्ता रवीन्द्र गुरुङले जानकारी दिए ।

[caption id="attachment_160315" align="aligncenter" width="3888"] SAMSUNG CAMERA PICTURES[/caption]

सम्बन्धित खबरहरु