नयाँ दिल्ली । भारतमा नरेन्द्र मोदी नेतृत्वको सरकार भैरहँदा पेट्रोलियम पदार्थमा मूल्यवृद्धिले आकाश चुलिएको छ । मुल्यवृद्धिका विरुद्ध भारतका विपक्षी दलहरुको आह्वानमा आज ‘भारत बन्द’ घोषणा गरिएको छ । अमेरिकाले इरानमा लगाएको प्रतिवन्धले भारतमा तेलको अभाव भएको जनाइएको छ । प्रदर्शनकारीहरुले लगातार पेट्रोलियम पदार्थमा नरेन्द्र मोदी नेतृत्वको सरकारले मूल्यवृद्धि गराएको भन्दै सरकारविरोधी नारा लगाएका छन् । भारतका केही राज्यमा पेट्रोलको मूल्य ८० रुपैयाँ (भारु) प्रतिलिटर भन्दा माथि छ । यो हालसम्मकै उच्च भएको बताइन्छ । भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका महासचिव शकील अहमदले भने, ‘कांग्रेसले भारत बन्दको आह्वान गरेको छ, अन्य विपक्षी दलले पनि यसको समर्थन गरेका छन् ।’

बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द आह्वान गरिएको भए पनि विपक्षी दलका कार्यकर्ताहरु विभिन्न सहरमा बिहानैदेखि प्रदर्शनमा उत्रिएका छन् । बन्दको प्रभाव भारतभर परेको छ । प्रमुख विपक्षी दल भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धि कैलाश मानसरोवर यात्राबाट फर्केपछि यो विरोध प्रर्दशन गरिएको हे । उडिसामा स्थानीय नेता तथा कार्यकर्ता सडकमै बसेर यातायात अवरुद्ध गरेका छन् । कांग्रेस कार्यकर्ताले उडिसाकै सम्भलपुर स्टेशनमा रेल सेवा अवरुद्ध भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन । सन २०१९ मा भारतमा प्रधानमन्त्रीको निर्वाचन हुँदैछ, मोदीको यो व्यवहारले भारतीय जनता पार्टी कमजोर हुने देखिएको छ ।

सम्बन्धित खबरहरु