काठमाडौँ । संसदीय सुनवाइ विशेष समितिले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम अनुमोदन गरेको छ । उक्त समितिको आज बसेको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित मिश्रका अभिव्यक्ति र उनिविरुद्ध परेका उजुरीको सुनवाइपछि सर्वसम्मतिले नाम अनुमोदन गरेको हो । समितिमा मिश्र विरुद्ध चार उजुरी परेकामा एकजनाले आफ्नो उजुरी फिर्ता लिएका थिए भने बाँकी तीन उजुरीका सम्बन्धमा छलफल भएको थियो । मिश्रविरुद्ध परेका उजुरी र न्यायपालिकाको सुधारका लागि गर्न सकिने काममा विषयमा सांसदहरुले प्रश्न राखेका थिए । आफूविरुद्ध परेको उजुरी र सांसदहरुले उठाएका प्रश्नको जवाफसमेत आजै मिश्रले दिएका छन । संवैधानिक परिषद्को सिफारिसपछि मिश्रमाथि संसदीय सुनुवाई भएको हो । परिषद्को प्रस्ताव समितिले स्वीकृत गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

सम्बन्धित खबरहरु