अमेरिका । अमेरिकाको सबैभन्दा ठूलो र लोकप्रिय टिभी च्यानल सीबीएसका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत लेस्ली मूनवेसलाई यौंनदूव्र्यवहारको आरोपमा पदबाट बर्खास्त गरिएको छ । कम्पनीले यौन दुर्व्यवहारको बढ्दो आरोपलाई थेग्न नसकेपछि उनले पदबाट हटाएको बताएको छ । सीबीएसलाई यो स्थानसम्म महत्वपूर्ण भूमिका निभाएका मूनवेस यौनदूव्र्यवहारको आरोप लाग्नु अघिसम्म हलिउडका पनि सम्मानित व्यक्तित्व थिए ।

उनीमाथि यस्तो आरोप गत जुलाईको अन्त्यमा लागेको थियो । तर यो घटना एक दशक भन्दा पहिलाको हो । द न्यूयोर्क पत्रिकामा पछिल्लो समय दुईवटा लेख प्रकाशित छन् । जसमा एक लेख २७ जुलाई र अर्को आइतबार प्रकाशित भएको छ । यी लेखमा उनीमाथि यौनशोषणको गम्भीर आरोप लगाइएको छ । त्यसपछि उनलाई पदबाट हटाइएको भनिएको छ । तर उनले भने आफैले राजीनामा दिएको दावी गरेका छन् ।

६८ वर्षीय मूनवेसका विरुद्ध १२ जना महिलाले यौनशोषणको आरोप लगाएका छन् । सीबीएसका अनुसार मूनवेसको नेटवर्कको अध्यक्ष र सीइओ पदबाट दिएको राजीनामा तत्काल लागू हुनेछ । यसका साथै उनले मीटू आन्दोलन र कार्यस्थलमा महिलाको सामनताको समर्थनमा दुई करोड डलर सहयोग गर्ने छन् । नेटवर्कका अनुसार आरोपहरुमाथि मूनवेसविरुद्ध आन्तरिक छानविन शुरु भएको छ । मूनवेसलाई अब कम्पनीबाट कुनै किसिमको सेवासुविधा उपलब्ध हुने छैन । तर भविष्यमा अनुसन्धानपछि आउने परिणामका आधारमा उनीमाथि अर्को निर्णय हुने छ ।

सम्बन्धित खबरहरु