न्युयोर्क । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नी छोरी इभान्कालाई स्तन प्रत्यारोपण गर्न दवाव दिने गरेको खुलासा भएको छ । हालै प्रकाशित पुस्तक ‘बोर्न ट्रम्पः इन्साइड अमेरिकाज फर्स्ट फेमिली’मा यस्तो खुलासा भएको हो । लेखिकाले ट्रम्पका बारेमा थुप्रै खुलासा गरेकी छिन् । लेखिका एमिली जेन फक्सलको यो पुस्तकमा इभान्का किशोरावस्थादेखि नै मोडल बन्ने चाहना राख्ने लेखिएको छ ।

इभान्काको मोडलिङ बन्ने चाहाना पुरा गर्नका लागि ट्रम्पले वर्षको लगभग ५० लाख डलर खर्च गर्ने गरेको पुस्तकमा खुलाइएको छ । डोनल्ड र उनको परिवारका बारेमा धेरै कुरा लेखिएको उक्त पुस्तकले छोरीको मोडलिङ चाहनालाई ट्रम्पले प्रोत्साहन गर्ने गरेको उल्लेख छ । उनी इभान्काले स्तन प्रत्यारोपण गरोस् भन्ने चाहेका थिए ।

यसबाट मोडलिङलाई फाइदा पुग्ने उनको विश्वास थियो । ट्रम्पले इभान्कालाई यसका लागि दवाव दिएपछि ट्रम्पकी बहिनी मेरियानले फोन गरेर स्तन प्रत्यारोपण गर्दा इभान्का बर्बाद हुने बताएकी थिइन् । उद्यपी पछिल्लो समय इभान्काले स्तन प्रत्यारोपण गरेको खुल्न आएको छ । साथै उनले दाँत तथा नाकको सर्जरी गरेर सुन्दर बनाएकोपनि खुल्न आएको छ । योसँग सम्बिन्धत केही तस्विर तल प्रस्तुत गरिएको छ । एजेन्सी

सम्बन्धित खबरहरु