काठमाडौ । ललिपुरका एक बाबुले आफ्नै छोरी बलात्कार गरेको घटना सार्वजनिक भएको छ । घटना सातादिनअघिको भए पनि हालसालै मात्रै सार्वजनिक भएको हो । ललितपुरको कोडु खोलाबाट पूर्वपट्टि २ सय मिटर माथि दक्षिण–पश्चिम क्षेत्रमा ३९ वर्षीय बुबाले आफ्नै १० वर्षीया छोरी बलात्कार गरेका हुन् । आफ्नै छोरी बलात्कार गर्ने ती बाबुलाई अहिले प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ ।

बुबाले छोरी बलात्कार गरेको घटनाको विरोधमा सोमबार बडिखेलस्थित पथप्रदर्शक माध्यमिक विद्यालयका शिक्षक, विद्यार्थी, स्थानीय महिला समूह र प्रहरी मिलेर जनचेतनामूलक जुलुससमेत निकालेका थिए । बलात्कृत बालिकाकी हजुरआमाले बताएअनुसार भदौ १८ गते सोमबार घरका सबै सदस्य खाना खाएर सुतिसकेका बेला बलात्कार गर्ने छोरा मदिराले मातेर आएपछि छोरी बलात्कार गरेका हुन् । उनले नसाको सुरमा छोरी बलात्कार गरेको खुलेको छ ।

हजुरआमाले नातिनीमाथि आफ्नै छोराले बलात्कार गरेको भोलिपल्ट मात्रै थाहा पाएपछि उनी आफैं प्रहरीकहाँ पुगेकी थिइन् । अहिले बलात्कृत बालिका बिरामी छन् । उनको मानवअधिकारकर्मीको संरक्षणमा उपचार भइरहेको ललितपुर जिल्ला प्रहरीले बताएको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक विनोद सिलवालले बलात्कार गरेको आरोपमा पक्राउ परेका व्यक्तिलाई म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी दिए ।

सम्बन्धित खबरहरु