बझाङ । कहिलेकाँही मानिस हदभन्दा तल आउँने गर्छ । अवकाश हुने उमेर पुगिसक्दा पनि नक्कली उमेर देखाएर लामोसमयसम्म जागिर खानेहरुको ठुलो जमात छ । नेपालमा उमेर मात्रैं होईन शैक्षिक प्रमाणपत्र समेत नक्कली बनाएर उच्च पदमा पुग्नेहरुको पनि ठुलो जमात रहँदैं आएको छ । त्यस्तैं, उमेर ढाँटेर बढुवा भई अवकाश अवधिभन्दा डेढ बर्ष बढी जागिर खाएका नेपाल प्रहरीका पुर्वडिएसपी बल्लबहादुर सिंहविरुद्ध मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो । उनले आफ्नो उमेर करिव २ बर्ष ढाँटेर डिएसपीमाा बढुवा भएका थिए ।

गतबर्ष अवकाश पाएका सिंहसित प्रहरी प्रधान कार्यालयले पनि बढी तलब असुलउपर गरेको थियो । उनी ०३७ वैशाखमा १८ बर्ष पुगेका थिए । तर, आफु १६ बर्ष मात्र भएको भनी जिल्ला प्रहरी कार्यालय बझाङबाट बनाइएको नयाँ नागरिकता पेस गरी सिंहले उमेर ढाँटेको आयोगले जनाएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

सम्बन्धित खबरहरु