एजेन्सी । आज भाद्रपद शुक्ल पक्षको चतुर्थी तिथी । आज राति चन्द्रमा अत्यन्तै चम्किलो बन्नेछन् । प्रत्येक शुक्ल पक्ष चतुर्थीको चन्द्र दर्शनको पश्चात्‌ व्रतीको आहार लिन निर्देशन धार्मिक ग्रन्थमा उल्लेख छ । तर धार्मिक ग्रन्थमा भाद्रपद शुक्ल पक्षको चतुर्थीको रात्रिमा चन्द्र–दर्शन (चन्द्रमा देख्न) निषेत्र गरिएको छ ।

जो व्यक्ति यस रात्रिको चन्द्रमा लाई हेर्छन् उनलाई झूठा कलंक लाग्ने, नभएको आक्षप खेप्नुपर्ने हुनेछ । यसले जीवन नै डामाडोल बनाउनेछ । यस्तो शास्त्रहरूको निर्देश छ । यो अनुभूत पनि छ । यस गणेश चतुर्थीको चन्द्र दर्शन गर्ने व्यक्तिहरूलाई उक्त परिणाम अनुभूत पनि भएको छ । यसमा संशय छैन। यदि जान–अन्जानमा चन्द्रमा देखिइहाले निम्न मन्त्रको पाठ अवश्य गरेर लाभ लिन सक्नुहुनेछ ।
'सिहः प्रसेनम्‌ अवधीत्‌, सिंहहरू जाम्बवता हतः।
सुकुमारकमा रोदीस्तव ह्येष स्वमन्तकः॥'

 

सम्बन्धित खबरहरु