भक्तपुर । नेपालको पहिलो कम्युनिस्ट विद्यालयका रुपमा स्थापना भएको मदन भण्डारी एशियाली विद्यालयमा विद्यार्थी खचाखच भएका छन् । भक्तपुरको खरिपाटीमा सञ्चालन गरिरहेको विश्वको कम्युनिस्ट इतिहास र वर्तमानका बारेमा भइरहेको प्रशिक्षणमा नेपालका पहिलो दर्जाका कम्युनिष्ट नेता देखि विश्वकै चर्चित कम्युनिष्ट नेतासम्म प्रशिक्षक रहनेछन् । विश्वका  गत भदौ ९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको २१ दिने प्रशिक्षण भोलिसम्म सञ्चालन हुनेछ । प्रशिक्षणमा नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, थाइल्याण्ड, अर्जेन्टिना, ब्राजिल, तान्जिनिया, ट्युनिसिया, स्टिमोर, फिलिसिन्स, जाम्भिया, कोलम्बिया गरी १४ देशका ४९ जनाको सहभागिता रहेको कार्यक्रम व्यवस्थापन समितिका संयोजक बलराम बाँस्कोटाले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रियस्तरको यस विद्यालयमा माक्र्सवाद, लेलिनवाद एवं कम्युनिजमका बारेमा पढाइएको छ । पढाइसँगै सामाजिक एवं व्यावहारिक काम कसरी गर्ने भन्ने बारेमा व्यावहारिक र प्रयोगात्मक कक्षा सञ्चालन भएको छ । प्रशिक्षण अवधिभर प्रधानमन्त्री ओलीसँगै पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ, मोदनाथ प्रश्रित, वामदेव गौतम, विष्णु पौडेल, वेदुराम भुषाल, भारतका परवीरपुर कायस्थ, बङ्गलादेशका शुसान्त्व दास, अमेरिकाका क्रिसो क्रुसोलगायत विभिन्न देशका कम्युनिजमका विज्ञले प्रशिक्षण दिनुभएको छ ।

सम्बन्धित खबरहरु