महेन्द्रनगर । निर्मलाको बलात्कार पछि हत्या भएको लामो समय भैंसक्दासम्म पनि हत्यारा पत्ता लाग्न सकेको छैन । आजसम्म अपराधि पत्ता नलाग्नुमा प्रहरी प्रशासणको लापरवाहि भएको पिडित परिवारको गुनासो रहँदैं आएको छ । यो बिचमा धेरै प्रहरी अधिकारीहरु निलम्बनमा परेका छन ।

‘नालायक नेतृत्वले लच्जित बनाएको छ’ भदौ २२ गते प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुरमै पुगेर निर्मला हत्या घटनाका सम्बन्धमा एसपी डिल्लीराज विष्टलाई इंगित गर्दै भनेका थिए, ‘दोषी नै मानेर एपसीलाई निलम्बन गरिएको हो, या घटनाले गम्भिर पाठ सिकाएको छ। प्रहरी सेवामा प्रवेश गरेपछि अधिकांश समय सुदुरपश्चिमका विभिन्न जिल्लाहरुमा पोस्टिङ भएका एसपी विष्ट जुन–जुन जिल्लामा कार्यरत रहे, त्यहाँ कुनै न कुनै घटनामा विवादमा परिरहे। निलम्बित एसपी डिल्लीराज विष्ट दुई बर्ष दार्चुलामा डीएसपीको रुपमा बसेको रेकर्ड जिल्ला प्रहरी कार्यालयमा छ ।

उनी ०६४ पुस ३० देखि ०६६ मंसीर २८ सम्म दार्चुलामा प्रमुख भएर कार्यालय चलाएका थिए । उक्त अवधिमा जिल्ला प्रहरी कार्यालयमै कार्यरत महिला प्रहरीलाई दुव्र्यवहार गरेको आरोप लगाएर स्थानीयले जिप्रका घेराउ र आन्दोलन भए पछि जिल्ला बाहिर तानिएको स्थानीय बताउँछन् । विष्ट जिल्लामा प्रहरी प्रमुख भएको बेला दुहु गाउँपालिका ३ को ब्रहमदेव प्रहरी चौकीमा प्रहरी हिरासतमा एक जनाको मृत्यु भएको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

सम्बन्धित खबरहरु