दुर्घटनामा दुईको मृत्यु


टीकापुर । कैलालीको बल्चौरमा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको लम्कीचुहा नगरपालिका–३ बल्चौरमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएका छन् । बसले ठक्करले लम्की चुहा नगरपालिका–३ का साइकल यात्री १४ वर्षीय अनिल वादीको ज्यान गएको छ । अर्का एक जनाको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख, प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो । “साइकल यात्रीलाई ठक्कर दिएको छ,” प्रहरी निरीक्षक जोशीले भन्नुभयो, “गाडीका कर्मचारी कोही सम्पर्कमा छैनन्, मृतक चालक वा यात्री हुन् खुल्न सकेको छैन ।”

नेपालगञ्जबाट धनगढी जाँदै गरेको से१ख ११८८ नंको कर्णाली यातायातको बस आज दिउँसो बल्चौरमा दुर्घटनामा परेको हो । घाइते बैतडीका ज्ञानुप्रसाद जोशी, दार्चुलाका विक्रम बोहरालाई उपचारका लागि नेपालगञ्ज लगिएको छ । अन्य घाइते कञ्चनपुरका अमित तामाङ, दार्चुलाका किरण बोहरा, शिव खड्का र रामबहादुर चन्दको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
प्रबीण तह, स्नातक र स्नातकोत्तरमा पास गर्न नसकेकालाई खुल्यो अन्तिम मौका परीक्षा
त्रिभुवन विश्वविद्यको यस्तो छ स्ववियु निर्वाचनको तयारी
स्नातक दोश्रो बर्षको नतिजा प्रकाशित
कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक [पहिलो दिन अंग्रेजी]
शिक्षक लाइसेन्स बिना पढाउन पाइने
हाम्रो सरकार

भारतले नेपालको कत्ति सीमाना मिचेको छ ? [सबैंको जानकारीका लागि सेयर गरौं]


कुखुराको खुट्टा भाँचेको अभियोगमा ४ दिनदेखि बाँके प्रहरी हिरासत

देश धार्मिक युद्ध नजिक : गोरु काटेर जेल परेकालाई रिहाई पछि गोरु काटेरैं सम्मान !

विदेशबाट फर्कदा श्रीमतीले अर्कैको बच्चा गर्भमा बोकेको थाहा पाएपछि ! [हेर्नुहोस् दर्दनाक भिडियो]

यस्ता मनकारी मेयर, जसले गाडी किन्न छुट्याएको रकमले गाउँमैं अस्पताल बनाउँन लागे !