भिरबाट लडेका रनवीरको उद्धार गर्न प्रदेश ७ का मन्त्रिले पठाए हेलिकप्टर


बाजुरा । हिमाली गाउँपालिकामा बिहीबार भिरबाट लडेर एक जना स्थानीयवासी सख्त घाइते भएका छन् । घाइते हुनेमा साबिक रुगिन बोर्ताका ३३ वर्षीय रनवीर भण्डारी रहेका छन् । घर नजीकैको जङ्गलमा दाउरा ल्याउन जाने क्रममा एक्कासि चिप्लेर भिरबाट लडेर गम्भीर घाइते भएको स्थानीयवासी छप्कीलाल बुढाले जानकारी दिनुभयो ।

बुढाले भन्नुभयो गाउँले मिलेर घटनास्थलबाट त ल्यायौँ तर नजीक स्वास्थ्य संस्था नभएको र यातायातको समेत सुविधा नभएकाले थप उपचारका लागि प्रदेश ७ को पहलमा हेलिकप्टरमार्फत शुक्रबार साँझ नेपालगञ्ज मेडिकल कलेज दशबिगाहमा लगिएको छ । गृह मन्त्रालयको समन्वयमा रु तीन लाख भाडा तिरेर थप उपचारका लागि हेलिकप्टर चार्टर गरेको हो । प्रदेश ७ का आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकास मन्त्राललयका मन्त्री दीर्घ सोराडी र प्रदेश बलदेव रेग्मीको पहलमा हेलिकप्टरमार्फत घाइतेको उपचारका लागि सुर्खेतसम्म हेलिकप्टर र त्यहाँदेखि कोहलपुरसम्म एम्बुलेन्समार्फत घाइतेको उद्धार गरिएको प्रदेश ७ का कानूनमन्त्री शाहको निजी सचिवालयले बताएको छ ।

घाइते रनवीर भण्डारीको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । घाइतेको अहिले कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको उनका आफन्तले बताएका छन् । यसरी राज्यले आफ्ना नागरिकप्रति देखाएको गम्भीरताप्रति स्थानीयवासीले खुशी व्यक्त गरेको दलित अधिकारकर्मी गोरख सार्कीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
शिक्षा
प्रबीण तह, स्नातक र स्नातकोत्तरमा पास गर्न नसकेकालाई खुल्यो अन्तिम मौका परीक्षा
त्रिभुवन विश्वविद्यको यस्तो छ स्ववियु निर्वाचनको तयारी
स्नातक दोश्रो बर्षको नतिजा प्रकाशित
कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक [पहिलो दिन अंग्रेजी]
शिक्षक लाइसेन्स बिना पढाउन पाइने
हाम्रो सरकार

भारतले नेपालको कत्ति सीमाना मिचेको छ ? [सबैंको जानकारीका लागि सेयर गरौं]


कुखुराको खुट्टा भाँचेको अभियोगमा ४ दिनदेखि बाँके प्रहरी हिरासत

देश धार्मिक युद्ध नजिक : गोरु काटेर जेल परेकालाई रिहाई पछि गोरु काटेरैं सम्मान !

विदेशबाट फर्कदा श्रीमतीले अर्कैको बच्चा गर्भमा बोकेको थाहा पाएपछि ! [हेर्नुहोस् दर्दनाक भिडियो]

यस्ता मनकारी मेयर, जसले गाडी किन्न छुट्याएको रकमले गाउँमैं अस्पताल बनाउँन लागे !