भक्तपुरमा एकैदिन दुई जना युवती र बालिका बलात्कार


भक्तपुर । भक्तपुरमा एकैदिन दुई जना युवती र बालिकाको बलात्कार र बलात्कार प्रयासका दुई घटना भएका छन् । दुवै घटनाका आरोपीलाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ । सोह्र वर्षीया युवतीलाई कोठामै गएर बलात्कार गरेको अभियोगमा प्रहरीले चाँगुनारायण नगरपालिका– ३ बागेश्वरी घर भई हाल सूर्यविनायक वडा नं २ बालकोट रागिनीहाइट बस्ने १९ वर्षीय रञ्जीत परियारलाई पक्राउ गरेको छ ।

पीडित युवतीका परिवारले गत २७ गते बलात्कार गरेको किटानी जाहेरी दिएपछि महानगरीय प्रहरीवृत्त थिमिले परियारलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

त्यसैगरी १० वर्षीया बालिकालाई जबर्जस्ती यौन सम्पर्क गर्न खोजेको अभियोगमा सप्तरी बेलिपेचना गाउँपालिका– २ घर भई हाल चाँगुनारायण नगरपालिका– २ दुवाकोट तल्लो हाइट बस्ने ६३ वर्षीय सुरेशकुमार पोखरेललाई प्रहरीले पक्राउ गरेको छ । पोखरेलले भदौ २७ गते आफ्नै स्टेशनरी पसलमा आएकी बालिकालाई पसलभित्र लगेर जबर्जस्ती यौन सम्पर्क गर्न खोजेको भन्दै किटानी जाहेरी परेपछि पोखरेललाई पक्राउ गरी महानगरीय प्रहरीवृत्त थिमिमा राखेर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिनुभयो । दुवैपीडित बालिकाको २७ गते नै शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जानकारी दिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
शिक्षा
प्रबीण तह, स्नातक र स्नातकोत्तरमा पास गर्न नसकेकालाई खुल्यो अन्तिम मौका परीक्षा
त्रिभुवन विश्वविद्यको यस्तो छ स्ववियु निर्वाचनको तयारी
स्नातक दोश्रो बर्षको नतिजा प्रकाशित
कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक [पहिलो दिन अंग्रेजी]
शिक्षक लाइसेन्स बिना पढाउन पाइने
हाम्रो सरकार

भारतले नेपालको कत्ति सीमाना मिचेको छ ? [सबैंको जानकारीका लागि सेयर गरौं]


कुखुराको खुट्टा भाँचेको अभियोगमा ४ दिनदेखि बाँके प्रहरी हिरासत

देश धार्मिक युद्ध नजिक : गोरु काटेर जेल परेकालाई रिहाई पछि गोरु काटेरैं सम्मान !

विदेशबाट फर्कदा श्रीमतीले अर्कैको बच्चा गर्भमा बोकेको थाहा पाएपछि ! [हेर्नुहोस् दर्दनाक भिडियो]

यस्ता मनकारी मेयर, जसले गाडी किन्न छुट्याएको रकमले गाउँमैं अस्पताल बनाउँन लागे !