काठमाडौ । आज हामीले मानिसको बैबाहिक सम्बन्धमा आधारित रहेर विश्वका चर्चित केही विद्धानहरुका भनाईहरु पोष्ट गरेका छौ । विवाह सम्बन्धी चर्चित १० भनाईहरू

 

  • विवाहको दोश्रो दिन नै पुरूषले आफैलाई सात वर्ष धेरै बुढो अनुभव गर्न थाल्छ । - फ्रान्सिस बेकन
  • हामी हतारमा विवाह गर्छौ अनी फुर्सदमा पछुताउछौ । - कंगग्रिन.
  • किन धेरैजस्ता विवाहहरू सुखमय हुँदैनन् ? त्यसको एकमात्र कारण हो, युवतीहरू पिंजडा बनाउनमा होइन जाल बुन्नमा नै आफ्नो समय खेर फाल्छन् । - स्विफ्ट
  • प्रायः मानिसहरू प्रेममा सपना देख्छन् अनि विवाहमा ब्युझन्छन् । - अलेक्जेण्डर पोप.
  • कुमारीहरू सुरूमा पति सिवाय अरू केही चाहदैनन्, जब पति पाउछन् अनी हरेक थोक चाहन्छन् । - विलियम शेक्सपियर
  • यदि तिमी आफूलाई बर्बाद गर्न चाहन्छौ भने धनी पत्नी विवाह गर । - माइकेलेट
  • विवाह एक यस्तो विषय हो जसमा सबै स्त्रीहरूको एक मत हुन्छ, तर सबै पुरूषहरूको अलग-अलग मत । - ओस्कार वाइल्ड.
  • विवाह त्यो पोखरी हो जहाँ अविवाहित हरू पौडन चाहन्छन् भने पौडिएकाहरू त्यसबाट बाहिर निस्किएर आराम गर्न चाहन्छन् । - रजनिश ओशो ।.
  • असल नारीसँगको विवाह जीवनमा आँधीको बन्दरगाह हो भने खराब नारीसँगको विवाह बन्दरगाहमानै आँधी हो । - जे.पी सेन.
  • विवाह पुरूषको निम्ती एक समाप्ती हो भने नारीको निम्ती आरम्भ । - ए. ड्युनी

सम्बन्धित खबरहरु