काठमाडौ। शनिबार नेपाल आएका बलिउड सुपरस्टार गोविन्दा र उनकी छोरी हिन्दुहरुको आराध्यदेव भगवान पशुपतिनाथ मन्दिरको दर्शन गर्न पुगेका छन् । उनीहरु आज बिहानै पशुपतिनाथ पुगेका थिए । बलिउड सुपरस्टार गोविन्दा आइतबार काठमाडौंमा आयोजना हुने ‘एलजी फिल्म अवार्ड’ वितरण समारोहमा सहभागी हुन छोरीका साथ शनिबार काठमाडौँ आएका हुन्।

उनको नेपाल बसाइ ३ दिनको हुनेछ। हिजो काठमाडौँ आएका गोविन्दाले आज बिहान पशुपतिनाथको दर्शन गरेका छन्। उनी पशुपतिमा पुग्दा समर्थकहरुको ओइरो लागेको थियो । फितलो सुरक्षा व्यवस्थाका कारण उनीसँगै सेल्फी खिच्न चाहानेहरुले गोविन्दालाई मुस्किल बनाएका थिए ।

सम्बन्धित खबरहरु