भुटानको पूर्व प्रधानमन्त्रीले पत्नीलाइ पिठ्युमा बोकेको तस्विर नेपालसम्म भाइरल [कारण यस्तो छ]


एजेन्सी । मानिसहरु मायामा केसम्म गर्दैनन् ? भुटानका पूर्वप्रधानमन्त्री छिरिङ तोब्गेले आफ्नी पत्नीको लागि यस्तै केही गरेका छन् जुन अहिले समाजिक संजालमा भाइरल भएको छ । छिरिङ तोब्गेले आफ्नो ट्वीटर ह्याण्डलमा एक तस्विर शेयर गरेका छन् जसमा उनले पत्नी तासी डोमालाई ढाडमा बोकिरहेका छन् । तस्बिरमा बाटो निक्कै खराब र हिलाम्य देखिन्छ । सम्भवतः त्यसबाट जोगाउन ठूलो जुत्ता लगाएका तोब्गेले आफ्नी पत्नीलाई बोेकेको जस्तो देखिन्छ ।

छिरिङ तोब्गेद्वारा शेयर गरिएको आफ्नो फोटोमा लेखेका छन्, ‘सर वाल्टर ¥यालेको जस्तो ‘ड्यासिङ (शानदार)’ त होइन तर मैले त्यो गरे जो एक पुरुषलाई आफ्नी पत्नीको पाउ सफा राख्नको लागि गर्नुपर्छ ।’ भुटानका प्रधानमन्त्रीले ट्वीटरमा उल्लेख गरेका सर वाल्टर ¥याली १६ औं शताब्दीका ब्रिटिश सेना सदस्य हुन् । उनले तत्कालिन बेलायती महारानी एलिजाबेथ प्रथम हिँडेको बाटोमा अगाडि आएको हिलोमा आफ्नो ओभरकोट बिछ्याएको किम्बदन्ती प्रसिद्ध छ ।

यो फोटो भाइरल भएपछि मानिसहरु तोब्गेको पोस्ट शेयर गर्दै उनको कामलाई सरहान गरिरहेका छन् । शेयरसँगै समाजिक संजाल प्रयोगकर्ताहरुले भुटानी प्रधानमन्त्रीको कार्यको प्रशंसा गरिरहेका छन् । बंगलादेशी ट्वीटर प्रयोगकर्ता मोहम्मद अताउर रहमान खानले ट्वीट गर्दै लेखेका छन्, ‘तपाईको पद जे भए पनि तपाईँको पत्नि प्रतिको प्रेम प्रष्ट देखिन्छ । यसलाई शेयर गर्नु भएकोमा तपाईलाई धन्यवाद, यसले भावी पीढीलाई तिनको पत्निलाई सम्मान गर्न प्रेरित गर्नेछ ।’

छिरिङ तोब्गे जुलाई २०१३ देखि सन् २०१८ अगस्टसम्म भुटानको प्रधानमन्त्री रहे । उनी पछि सर्वोच्च अदालतका मुख्य न्यायाधीस तथा सरकारको प्रमुख सल्लाहकारले चुनावी सरकारको अध्यक्षता गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविले भर्खरै जारी गर्यो अत्यन्तै महत्वपुर्ण जानकारी [सुचनासहित]
स्नातक तह (BA, BBS र B.Ed) भर्ना सम्बन्धि सूचना: त्रिभुवन विश्वविद्यालय
नर्स, फार्मेसी, सि.एम.ए, अ.न.मीको भर्ना तथा शुल्क सम्बन्धी अत्यन्त जरुरी सूचना
M.B.S. दोस्रो बर्षको नतिजा प्रकाशित [नतिजासहित]
स्नातकोत्तर तह पहिलो र चौथो सेमेस्टरको परीक्षा बारे अति जरुरी सूचना [सूचनासहित]
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर