काठमाडौ । स्थानीय तहको निर्वाचन भएको एक बर्ष वित्न नपाउँदै जनप्रतिनिधी माथि जनताको विश्वास धरमराउँन थालेको छ । लामो समय देखि स्थानीय तह जनप्रनिधी विहिन अवस्थामा निर्वाचन मार्फत प्रतिनिधी आएसँगै प्रसाशनिक काम सहजता र विकास निर्माणमा तिव्रता आउने विश्वास गरिएको थियो । तर, कतिपय जनप्रतिनिधीको हर्कतले स्थानीयको उक्त विश्वास धरमराउन थालिसकेको छ । जनप्रतिनिधीका विभिन्न खालका हर्कत सार्वजनिक भइरहेका छन् ।

यही क्रममा संखुवासभाको पाँचखपन नगरपालिका ७ की एक वडा सदस्यले स्थानीय माथि हातपात गरेकी छन् । तत्कालिन नेकपा एमालेका तर्फबाट वडा सदस्य निर्वाचित भएकी उनले सहकारी संस्थाको विषयमा भएको विवादका क्रममा स्थानीय माथि हातपात गरेकी हुन् । निमनगडी साना किसान कृषि सहकारीले हिसाव सार्वजनिक नगरेको, लामो समय देखि साधारण सभा नराखेको र २०७२/०७३ मा गरिएको लेखा परिक्षणमा लाखौं रुपैंया वेरुजु देखिएको भन्दै सेयर सदस्यहरुले हिसाब माग्दा सदस्य मधु तामाङले स्थानीय माथि भाटा र मुक्का प्रहार गरेको स्थानीयको भनाइ छ । सहकारीको हिसाब माग्दा झडप भएपछि शेयर सदस्यले सहकारीमा ताला लगाएका थिए ।

वडा सदस्य मधुका श्रीमान हस्त तामाङ उक्त सहकारीका संचालक सदस्य सहुन् । जलजला मावीका प्रधानाध्यापक समेत रहेका तामाङको घरमा सहकारीका खातापाता भेटिएको बताइन्छ । शेयर सदस्यले हिसाब मागेपछि आक्रोशित बनेकी तामाङले रकम हिनामिना गरेको प्रमाण देखाउन भन्दै आक्रोशित बनेको स्थानीको भनाइ छ । भाटा लिएर पुगेकी उनले एक माथि प्रहार गरेको र उक्त भाटा खोसिएको थियो । लगत्तै उनले अर्का एक स्थानीय माथि मुक्का प्रहार गरेकी थिइन ।

यस अघि पटकपटक हिसाव सार्वजनिक गर्न र साधारण सभा राख्न अनुरोध गरे पनि वेवास्ता गरेको सेयर सदस्यहरुले आरोप लगाएका छन् । २०७२–०७३ मा ३६ लाख ७० हजार ९ सय ६२ रुपैंया वेरुजु देखिएको सहकारीका अध्यक्ष कृष्ण बहादुर खड्काले स्वीकार गरे । उनी वडा नम्बर ७ का पूर्व एमालेबाट जितेका वडाध्यक्ष समेत हुन् । यद्यपी सहकारीमा विहिबार लगाइएको ताला भने खुलेको छ । सेयर सदस्य र सहकारीबिच चार बुदे सहमति भएपछि ताला खुलाइएको हो ।

पत्रकारलाई धम्की
उक्त सहकारीको समाचार लेखेको भन्दै संखुवासभाका पत्रकार मेघराज तामाङलाई धम्काइएको छ । आएको छ । उनलाई आइतबार बिहान करिब १०ः३० बजे अपरिचित नम्बर ९८४२११९२७१ नम्बरबाट फोन गरी सहकारीको अध्यक्ष की, सेयर सदस्य होस् तँ, तलाई के को चासो, आयन्दा सहकारीको समाचार लेखिस् भने ठिक हुने छैन भन्दै धम्की आएको हो । धम्किपूर्ण अभिव्यक्ति प्रति आपत्ति जनाउँदै पत्रकार महासंघ जिल्ला शाखा संखुवासभाले विज्ञप्ति मार्फत गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

सम्बन्धित खबरहरु