कठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस समारोह टुँडिखेलमा संविधान दिवसको अवशरमा कार्यक्रम भब्य चलिरहेको थियो । विभिन्न चरणका कार्यक्रमहरु भईरहेका थिए । कार्यक्रममा उपस्थित उच्च पदस्थहरु कार्यक्रममै ध्यानमग्न थिए । सांसद, कलाकार, विद्यार्थी, पत्रकारदेखि आम सर्वसाधारणहरु उपस्थित थिए । बुधबार बिहानैदेखि चर्को घाम पनि थियो ।

समारोहको रौनक तात्दैगर्दा नेकपाकी सांसद एक्कासी लडिन् । नेकपा संसदीय दलकी सचेतक समेत रहेकी सांसद शान्ता चौधरी कार्यक्रमको क्रममा बेहोस भएकी हुन् । चौधरी बेहोस भएर ढल्नुको कारण चर्को घाम रहेको अनुमान गरियो । तर उनी लडेपनि तत्काल मेडिकल टिम भने तत्काल पुग्न सकेन । सेनाको एम्बुलेन्स पनि ढिलो गरी पुगेको थियो । आखिर स्वास्थ्यका लागि सबैलाई हतारो हुन्छ नै । सांसदलाई पनि गाह्रो त हुँदो रहेछ तत्काल मेडिकल टिम नपुग्दा । जामले हैरान खेपेका कयौं बिरामी जनतालाई के भयो होला कुन्नी त्यो अवस्य अवगत गरायो की आज ? दैनिक नेपालमा खबर छ ।

सम्बन्धित खबरहरु