वि.सं. २०७५ आश्विन ०४ गते बिहीबार तदनुसार ई. सं. २०१८ सेप्टेम्बर २० तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (ञलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:५० बजे र सूर्यास्त : साँझ ०६:०२ बजे, भाद्रपद शुक्लपक्षको एकादशी तिथि, मध्यरात्रीपछि ०१:०४ बजेसम्म, त्यसपछि द्वादशी तिथि, उत्तराषाढा नक्षत्र, दिउँसो ०२:५५ बजेसम्म, त्यसपछि श्रवण नक्षत्र, चन्द्रमा मकर राशिमा (अहोरात्र व्याप्त), अतिगण्ड योग, मध्यरात्रीपछि ०४:२९ बजेसम्म, त्यसपछि सुकर्मा योग, वणिज करण, दिउँसो १२:०० बजेसम्म त्यसपछि विष्टि (भद्रा) करण, आनन्दादि योग : सौम्य, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : आग्नेय, वारशूल : दक्षिण, आजको चाडपर्व र उत्सव : हरिपरिवर्तिनी एकादशी व्रत, आजको मूहुर्त : शिलान्यास (सामान्य), घर छाउने÷ढलान गर्ने, डेरा सर्ने, दीक्षाग्रहण, कलशचक्र, आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त : भोलिको चाडपर्व र उत्सव : वामन द्वादशी, दही दान गर्ने दिन, इन्द्रध्वजोत्थान, विश्वशान्ति दिवस, मतछुयके, भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), शिलान्यास (सामान्य), द्रव्यप्रयोग वा लगानी, पुराणश्रवण, कलशचक्र, ०६ गते : शनि प्रदोष व्रत, न्हुघया, मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), द्रव्यप्रयोग वा लगानी, कलशचक्र, ०७ गते : अनन्त चतुर्दशी व्रत, मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), कलशचक्र, मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आजको दिन सास्कृतिक रुपमा महत्त्वपूर्ण हुने छ । पशुपालन तथा कृषि क्षेत्र राम्रो देखिन्छ किनकि त्यसमा सुधारहरु ल्याउन सकिएला । कृषिकर्म आदि काममा मनग्गे लाभ पनि हुने भएर आउने हुन्छ । कमजोरी र आफ्नो अल्छिपन सुधार्दै अघि बढ्दै जानु पर्नेछ । यदि नसुधारे आँफैलाई गाह्रो र झन्झट होला । जागिरदारहरुको लागि राम्रो काममा खट्न सकिनेछ । सहज होस् या गाह्रो होस् त्यो छुट्टै कुरा हो । विविध संघ संस्थामा चहारिनु पर्नेछ । अर्थात संस्थागत कामहरुमा अभिवृद्धि हुनेछ । युवा ज्योतिष सुजल श्रेष्ठ, ज्योतिष परामर्श केन्द्र पाटन दरबार, (भीमसेन मन्दिरको ४ घर उत्तर दिशा) ललितपुर नेपाल । सम्पर्क फोन नं. ०१ – ५५४२९५८, मोबाईल ९८४१७६३५५९ । सुरु गरौँ आजको राशिफल । शुरु गरौ आजको राशिफलबाट

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – लेख्ने पढ्ने काम बढ्छ तर केहि अबरोध भने आउछ । हिम्मत बढ्नेछ । आजको दिन महत्त्वपूर्ण हुनेछ । जुन कुरा पहिला देखि सोचिरहेको थियो त्यो पुरा गर्न तम्सिने होला । ब्राह्मण देवता वा गुरु जनहरुको आर्शीर्वाद पाईएला, सेवा गर्नुपर्ने होला । ठुलो उत्सव समारोहमा खट्नुपर्ने हुन सक्छ । सम्मानीय जनको लागि चाजो पाँचो मिलाउनु पर्ला । शिक्षा पढाई लेखाइमा शुभ अशुभ दुबै देखिन्छ । आफ्नो काम आफुले भन्दा पनि अरुले गरिदिने जस्तो होला वा आफु भन्दा अरु बढी इच्छुक होला । सहयोगीहरूले राम्रो साथ दिनेछन् ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – मिहिनेतले आम्दानी बढाउनेछ । मेहनत नगरे ठिक्क मात्र आम्दानी होला । फाइदा हुने काम प्राप्त हुन सक्छ वा फाइदाको बाटो बढ्ने हुन सक्छ । अरूका व्यवहारमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला । काम बिग्रन सक्छ । हिसाबकिताबमा विवाद आउन सक्छ । केही संघर्ष गर्नुपरे पनि हतास नहुनु होला । परि परि आउला र तरी तरी जाला । बिरामी हुन सक्ला । जे पायो तेही नखानु होला । टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – काम बनोस् या नबनोस् सन्तुष्ट रहनेछ । स्वास्थ्य सबल रहनेछ । पराक्रमद्वारा असाद्द्य कामहरु पनि बन्नेछन् । यदि नबने पनि हौसला कम हुने छैन । परिवारजनबाट टाढिनुपर्ला वा केही समयका लागि छुट्टिनुपर्ला । धेरै बोल्दा समस्या आउन सक्छ । अर्थको अनर्थ सोच्लान । मिहिनेत गर्दा बिस्तारै काम बन्नेछ । अरूका व्यवहारमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला । काम बिग्रन सक्छ तर होस् गरे नबिग्रेला वा कममात्र बिग्रेला । बोलेर सबैलाई समेट्ने प्रयास गर्नुहोला । यसो गर्नाले आज नभए पनि भोलि पर्सि तिर र आउने काम कुराहरुमा सफलता मिल्न सजिलो हुन्छ ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – मठ मन्दिरमा जान पाइएला वा जान पाउने कुरा होला, धर्म कर्म गर्न सकिएला । युक्तिद्वारा असाद्द्य कामहरु पनि बन्ला । स्वास्थ्य निर्बल बन्न सक्छ । आफ्नो जिउको ध्यान राख्नु होला । लगनशीलताले नसोचेको अड्चन–समस्याहरुलाई हटाइदेला । रोकिएका कामहरुमा लागेर बनाउन प्रयास गर्नु पर्ला । प्रतिस्पर्धीहरूको झमेला खेप्नुपर्नेछ । कर्जा लिनुपर्ने सोच आउन सक्छ वा लिइएला । रोजगारको खोझिमा रहेको जनलाई नयाँ काम फेला पर्ने सम्भावना बढेको छ । केही चुनौती जस्तो देखिए पनि मनमा भएजति योजना पुरा गर्न नसक्ने नहोला वा त्यति गाह्रो हुने छैन । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – कुनै संस्कृतिक पर्ब आदि आउन सक्लान । बिद्द्यार्थीहरुले पढ्ने लेख्ने कुरामा लापरवाही नगर्नु होला । छोरा छोरीहरुको याद आउन सक्छ । के गर्दै होला कसो गर्दै होला भनि कुरा मनमा खेलिरहनेछ । केहि लेखहरु वा कागज तयार पर्नु पट्टि लाग्नु पर्ला । मन मिल्ने मान्छेहरुको साथको अभावको महसुस होला । देशको जिल्ला जिल्लाको भ्रमण गर्ने मौका मिल्न सक्छ । आफ्नो दाइ वा दिदि भन्नु पर्ने मान्छेहरुको साथ र सहयोग मिल्नेछ ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – बाहिर गएर आउनु पर्नेमा बाहिर बाहिर नै धेरै समय रोकिनु पर्ला । वाहन, मोटर, कार आदि किन्ने जस्तो कुरो आउन सक्ला । उत्साह पूर्ण चुनौती पन्छाउँदै अघि बढ्न सकिनेछ । केही चुनौती देखिए पनि मनमा भएजति योजना पुरा गर्न नसक्ने नहोला । कमजोरी सुधार्दै अघि बढ्दै जान सकिनेछ । व्यापार लगायत अनि रोजगार, जागिर क्षेत्रमा राम्रो देखिन्छ । बोलेर सबैलाई समेट्न सकिनेछ । सबैले सहजै आफ्नो कुराहरुको पालना गर्नेछन । घर जग्गाको कुराहरु बढेर आउने हुन्छ । त्यस सम्बन्धि विशेष योजना गर्नुपर्ने जस्तो हुने हुन्छ । घर–परिवारबाट अलि माथी उठिएला ।

 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – यात्राको अलि माहोल बनेको छ । तर घुम्ननै पाउला भने भन्न सकिन्न । मनोरञ्जनको समय छ । चलचित्र हेर्न पाईएला । चलचित्र घर तिर जना पाईएला । फाइदा उठाउन सक्ने समय छ । काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । रोकिएका काम बन्ने छ । यदि सुरु गरे । ठूलो आवश्यकता पूरा हुनेछ । इज्जत र सम्मान पाउनु पर्ने ठाउँ बाट पनि पाउन कम भएको जस्तो होला । आफ्नो भन्दा गन्ने सुन्ने मान्छेको कुरामा दब्दबा होला । सानो होस् या ठुलो होस् केहि सम्मान भने अवश्य पाईनेछ ।

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – मेहनत गर्दा काम बन्न सक्छ । कामको प्रतिफल छिट्टै मिल्ला । आज भोलि मिल्ला जस्तो देखिन्न वा धेरै काम मात्र सम्भावना छ । मुख सम्हालेर बोल्नु होला । बिपक्षी कमजोर–बलियो जे भएपनि सत्त्रुता गरि रहन आबश्यकता छैन । धन आदि आँफै आउने छ र आँफै जाने छ । तपाइको क्षमताको आज परीक्षा होला । हुन सक्छ अर्थात् यसरी वा त्यसरी काम गरु भन्ने कुरा आउन सक्छ । हिसाब किताबमा विवाद आउन सक्छ । त्यसैले हिसाब किताबमा ध्यान दिनु होला । थोरै लाभको मात्र सम्भावना देखिन्छ हालको समयमा । पछि थपिदै जानेछ ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – कहिले मन प्रसन्न होला कहिले नहोला । अरुको सानो सहयोग पनि नपाउदा रिस उठेको जस्तो होला । काम बने पनि सन्तुष्टता भने ठिक ठिकै मात्र रहनेछ । जति कामहरु पुरा गरे पनि त्यस्तै जस्तो लाग्न सक्ला । त्यसैले काम वा धन नै सब थोक होइन आराम र शान्ति पनि चाहिने भन्ने बिचार आउने हुन्छ । रमाइलो र खुसीले भरेको समय छ अहिले तपाइको । कार्यक्रम आयोजनामा सहभागी हुन पाउला । भबिष्यमा घुम्न जाने वा रमाइलो गर्ने योजना बन्ला । धेरै पछि यस्तो चाजो पाँजो मिलाउन सकेकोमा खुशी होला । जोसँग पनि काम गर्न रुचि होला । स्वास्थ्य सबल रहनेछ । तर बिस्तारै अलि कमजोरी होला ।

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – हिसाबकिताब हेर्नुपर्ने समय आएको छ । दिनुपर्ने कुराहरु जस्तै ऋण आदि भए तिर्न सकिएला । सबैलाई मिलाएर बोल्नुपर्ने जस्तो आएको छ । अनुकुल स्थिति केहि दिन पछि मात्र आउनेछ । प्रतिस्पर्धीहरूले समस्या निम्त्याउने हुँदा सतर्क रहनु होला । विवादास्पद कुरा वहन गर्नुपर्ने हुन सक्छ । अरूलाई प्रभावित पार्न धेरै जोरले लगिएला । अरुको लागि सहयोग र साथ दिनु पर्नेछ । सहि तरिकाको बोलचालले सजिलै काम फत्ते पार्न सकिएला । न्याय प्रियजनको उद्दारको लागि तत्पर हुनेछ ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – समाचार, पुस्तक, लेख रचना पढ्नमा ध्यान जानेछ । जिउ दुख्ने समस्या भए त्यसलाई निवारण गर्ने तिर लाग्न सकिनेछ । नौलो मित्त्रता सुरु हुन सक्छ वा नयाँ मित्रजनहरु पाइएला । राम्रो राम्रो लेख, साहित्य, समाचार आदि पढ्न पाइएला । बिना तयारी घुमफिर गर्नु पर्ला, त्यस्तै खाले समय आएको छ । आर्थिक लाभ हुने काम थालनी तिर लाग्नु पर्ने छ । बिस्तारै फाइदा उठाउन सकिनेछ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझावले गर्दा निर्णय गर्नुपर्ला । सहयोग गर्नेहरू चाहिने भन्दा बढी भेटिनेछन् । सहज काम उच्च आम्दानी बिचारको सिद्धान्तमा दिन काटिएला । छोरी बहिनीहरु प्रत्ति राम्रो देखिएको छ । सम्बन्ध गाढ़िनेछ । राम्रो दिन आएको छ ।

सम्बन्धित खबरहरु