काठमाडौं । नेपाल पर्यटकहरुका लागि एक सुन्दर देश हो । नेपालमा प्राकृतिक धार्मिक सांस्कृतिक क्षेत्रको आ आफ्नैं महत्व रहेको छ । नेपालमा संसारभरिबाट हरेक वर्ष लार्खौ विदेशी पर्यटक नेपाल घुम्न आउँछन ।

यो नेपालका लागि अत्न्यतैं गौरवको कुरा हो । तर अहिले पर्यटकले मानव तस्करको रुपमा काम गर्ने गरेको खुल्न आएको छ । दुवई जान लागेका तीन नेपाली महिलालाई यही साता नयाँदिल्ली अध्यागमनले काठमाडौं फिर्ता पठाईदियो । पर्यटक भिसामा गएका उनीहरुका पासपोर्टमा हाई प्रोफाईल भन्ने टिप्पणीसमते लेखिदियो । उनीहरु त्यसअघि कुनै देश गएका थिएनन् ।

पर्यटक हैसियत प्रस्ट्याउन सकेनन् । भारतीय अध्ययगमनले मानव तस्करको सञ्जालमा परेको आशंका गर्यो । तीनै जनालार्य एयर इन्डियाले काठमाडौं फिर्ता ल्याएपछि त्रिभुवन अन्तर्राष्टिय विमानस्तलमा मानव तस्करीको सेटिङ चालु रहेको शांक बढेको छ । पर्यटक भिसा उपलब्ध गराएर दुबई पठाउने र त्यहीबाट मानव तस्करी गर्ने समुहहरु सक्रिय रहेको अघिल्लो महिना पनि पाईएको थियो । साउन १ गते एयर अरेबिया र फ्लाई दुबइमार्फत दुबई उड्न आँटेका ५० यात्रु अफलोड गरिएका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

सम्बन्धित खबरहरु