बर्लिन । एक समय थियो जब परिवारका सम्पूर्ण मान्छे एकसाथ बस्ने र कुरा गर्न प्रयोग गर्थे। अहिले, मानिसहरू एकअर्कासँग कुरा गर्नुको सट्टा फोनमा बसिरहेका हुन्छन । आमाबाबुले फोनको प्रयोग गरेर बिग्रिएका छन्, त्यस्तैं बच्चाहरूले मोबाइल फोन प्रयोग गर्दा आमाबाबु समस्याग्रस्त छन्। तर फोनको यो लतलाई जर्मनीमा विरोध भएको छ । जर्मनी, हैम्बर्गमा बालबालिका सडकमा आएर आमाबाबुको स्मार्टफोन प्रयोग गर्ने वानीको विरोध गरे ।

आश्चर्यजनक कुरा, यस विरोधमा सात वर्षका छोराछोरीहरू पनि संलग्न थिए। उनीहरूले आफ्नो हातमा नाराहरू लिएका थिए, जसमा लेखिएको थियो, “हामी यहाँ छौं तपाईं आफ्नो स्मार्टफोनमा बसिरहनु भएको छ ।” यो विरोधले विश्वभरका मानिसहरूको ध्यान आकर्षित गरेको छ। स्थानीय मिडियाको अनुसार, बच्चाहरूले भने कि उनीहरूको विरोधको पछाडि उनिहरु आशा गर्छन् कि उनीहरूका आमाबाबुले फोनमा कम समय बर्बाद गर्नेछन्। बच्चाहरु भने, “हामी आशा गर्छौं कि अब हाम्रा मातापिता मोबाइलसँग भन्दा पनि धेरैं हामीहरुसँग खेल्नेछन ।”

विशेषज्ञहरू भन्छन् कि स्मार्टफोनहरूको प्रयोगले मानिसहरूको व्यवहारलाई परिवर्तन गर्दछ। यसले बच्चाहरु लाई सानो चीजहरु मा पनि देःखी गर्दछ, जसको कारण तिनीहरुमा खराब प्रभाव र्दिछ । बच्चाहरु द्वारा दिएको यस शिक्षामा, एक बच्चाको बुबाले अब भने आमाबाबुलाई पनि परिवर्तन गर्न आवश्यक छ। उनीहरूको फोन छोडेर बच्चाहरूलाई पनि ध्यान दिनुपर्छ।

यो साँच्चै एउटा ठूलो समस्या भएको छ। छोराछोरीले आमाबाबुलाई ध्यान दिए हुन्थ्यो भन्ने चाहन्छन्, तर तिनीहरूको ध्यान सधैं स्मार्टफोनमा छ। यसको कारणले गर्दा उनीहरु केटाकेटीहरूलाई र धेरै पिट्न थालेका छन । एजेन्सी

सम्बन्धित खबरहरु