मलेशिया । विषादी रक्सी खाएको कारण पाँच मलेशियन सहित २१ जनाको मृत्यु भएको छ । मलेशियाका स्वास्थ्यमन्त्री डी अहमदले अन्य व्यक्तिहरुको उपचार भइरहेको र धेरैंको अवस्था गम्भिर भएको जनाएका छन । मर्नेहरुको संख्यामा वृद्धि हुनसक्ने जनाइएको छ ।

मर्नेहरुमा अधिकांश विदेशीहरू भएको मलेशियन प्रहरीले जनाएको छ । मर्नेहरुमा पाँच जना मलेसियन र बाँकी बांग्लादेशी, इन्डोनेशियन, म्यांमारी र नेपाली रहेको जनाइएको छ । सल्लांगोर प्रांतका प्रहरी प्रमुख मजीलान मननरले एक बयानमा बताए कि प्रहरीले अवैध शराब निर्माणको १२ बूथमाथि बरामद गरेर लगभग तीन हजार बोतल व्हिस्की र बियर बरामद गर्यो र सात जना व्यक्तिलाई पक्राउ गरेको छ ।

यो उल्लेखनीय छ कि मलेशिया लगायत मुस्लिम देशहरूमा रक्सीमाथि करको उच्च दरको कारण, कम आय भएका र प्रवासी श्रमिकहरू घरहरुमा बनेको रक्सीको उपभोग गर्छन जसमा विषाधि मिसाइएको हुन्छ । एजेन्सी

सम्बन्धित खबरहरु