काठमाडौ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरे अनुमोदित भएका छन् । संसदीय सुनुवाई समितिले घिमिरेलाई सर्वसम्मत तरिकाबाट अनुमोदन गरेको हो । घिमिरेलाई कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला नेतृत्वको सरकारले २०७१ सालमा अख्तियारको आयुक्त पदमा नियुक्त गरेको थियो । अख्तियारका प्रमुख आयुक्त दिप बस्न्यातले अवकाश पाएपछि घिमिरे आयोगको कार्यबाहक प्रमुख आयुक्त बनेका थिए ।

उनै घिमिरेलाई आजबाट पूर्ण रुपमा अख्तियारको प्रमुखको जिम्मेवारी दिइएको छ । प्रमुख आयुक्तमा सिफारिस भएका घिमिरे पूर्व गृहसचिवका रुपमा नेपाल सरकारको निजामति सेवाबाट अवकाश लिएका राष्ट्र सेवक हुन् । संवैधानिक परिषदको १५ फागुन २०७१ को निर्णयबाट आयुक्त सिफारिस भएका घिमिरेलाई सोही वर्ष चैतमा आयुक्त नियुक्त गरिएको थियो।

२०१२ भदौं २९ मा जन्मिएका घिमिरे सार्वजनिक सुनवार्इ समितिबाट अनुमोदन भए । उनी २०७६ चैतसम्म पदमा बहाल रहनेछन् । आयोग ऐन अनुसार ६५ वर्ष उमेर वा ६ वर्षे कार्यकाल जुन अगाडि आउँछन्, सोही अनुसार अवकाश पाउने व्यवस्था छ।

 

सम्बन्धित खबरहरु