कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–२ रानीपुरमा एक समूहले कञ्चटमा पेस्तोल देखाएर एक दम्पत्तिलाई कुटपिट गर्नुका साथै ज्यान मार्ने धम्की दिएको छ । मदिरा सेवन गरी पेस्तोल देखार कुटपिट गरेको पीडित परिवाले बताएका छन् । विनोद साउँदको समूहले गोमती कार्की र उनका श्रीमान् नरबहादुर कार्कीलाई कञ्चटमा पेस्तोल तेस्र्याएर ज्यान मार्ने धम्की दिएको हो ।

फिल्मी तस्विर

साउँदको समूहले घर नजिकै सडक छेउमा बाँधेका गाईलाई चुट्न थालेपछि नचुट्न आग्रह गर्दा पेस्तोल तेस्र्याउँदै ज्यान मार्ने धम्कीसहित आफ्नो श्रीमतीलाई कुटपिट गरेको पीडित कार्कीले बताउनुभयो । कुटपिट गरी घाइते बनाइएकी श्रीमतीलाई स्थानीय अस्पतालमा उपचार गराएको उनको भनाइ छ ।

कार्कीले न्यायका लागि अस्थायी प्रहरी पोष्ट वनशाहमा उजुरी दिएका छन् । अस्थायी प्रहरी चौकी वनशाहाका प्रहरी सहायक निरीक्षक शङ्कर भट्टले विनोद साउदको समूहको खोजी भइरहेको र खोजी गरी छानबिन गरिने वताउनुभयो । सहायक निरीक्षक भट्टले साउदको खोजतलास गरिरहेको बताउनुभयो ।

सम्बन्धित खबरहरु