काठमाडौ । चर्चित गायिका सहिमा श्रेष्ठ तथा दर्जनौ गीतहरुमा सुमधुर आवाज भरिसकेका गायक सन्दिप न्यौपानेको डान्सिङ बिटमा रहेको नया गित ढिकिच्याउ को म्युजिक भिडियो सार्बजनिक भएको छ ।

नेपाली सांगीतिक क्षेत्रमा चर्चाको शिखरमा पुग्न सफल तथा एक पछि अर्को राम्रो राम्रो गितहरु नेपाली सांगीतिक बजारमा पस्केर सम्पुर्ण नेपाली गित संगीतको पारखिहरुको रोजाइमा पर्न सफल सुमधुर आवाजकी धनि सुन्दरी चर्चित गायिका सहिमा श्रेष्ठ र गायक सन्दिप न्यौपानेले फरक शैलीको गित सांगीतिक बजारमा लिएर आएका छन् ।

गायक सन्दिप न्यौपानेको शब्द, संगीतकार गोबिन्द मधुर आचार्यको संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई छायाँकार टंक केसीले छायांकन गरेका हुन् भने निर्देशक सुनिल क्षेत्रिले निर्देशन गरेका हुन् भिडियोलाई बिकाश ज्ञवालिले सम्पादन गरेका छन म्युजिक भिडियोमा नायिका खुस्बु खड्का तथा ठिटोज एण्ड टिम र सुनिल क्षेत्रिको दमदार अभिनय र नृत्य देख्न सकिन्छ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

सम्बन्धित खबरहरु