काठमाडौ । त्रिभुवन विश्वविद्यालय कानून सङ्कायले प्रवेश परीक्षामा सामेल नभएका पनि कानून तहको स्नातक तह प्रथम वर्षमा पढ्न पाउने व्यवस्था गरेको छ । पहिले प्रवेश परीक्षामा मात्र पढ्न पाउने व्यवस्थालाई गरेको नेपाल ल क्याम्पसले अहिले प्रवेश परीक्षामा समेत पढ्न पाउने व्यवस्था गरेको हो ।

सबै विद्यार्थीको पढन पाउने अधिकारलाई सुनिश्चित गर्नका लागि प्रवेश परीक्षामा सामेल नभएकालाई समेत भर्ना खुलाइएको क्याम्पस प्रमुख डा दिनानाथ पराजुलीले बताउनुभयो । पहिले कोटा प्रणाली लागू गरिएको ल क्याम्पसमा पछि प्रवेश परीक्षामा मात्र सामेल भएकाले मात्र भर्ना गर्न पाउने भनिएको थियो ।

उहाँका अनुसार प्रवेश परीक्षामा सामेल नभएकालाई आजदेखि असोज १५ गतेसम्म भर्ना खुला राखिएको बताउनुभयो । अहिले करीब तीन हजार ६४५ जनाले भर्ना गरिसकेका छन् । कोटा प्रणाली लागू गर्ने सम्बन्धमा विवाद हुँदा करीब चार महिना स्नातक तह प्रथम वर्षको भर्ना रोकिएको थियो । अहिले असोजबाट पढाइ समेत शुरु गरिएको छ ।

कालोकोट र ब्याच अनिवार्य

अबदेखि कानूनमा स्नातक तह पढ्नका लागि कालोकोट र ब्याच अनिवार्य गरिएको छ । स्नातकोत्तर तह र स्नातक तहकै पाँच वर्षे बिएएलएलबीमा कालोकोट र ब्याच अनिवार्य गरेको क्याम्पसले यस वर्षदेखि तीन वर्षे एलएलबीमा पनि उक्त व्यवस्था गरेको छ । विद्यार्थीलाई अनुशासनमा राख्न र कानूनको विद्यार्थीको बोध गराउनका लागि कालोकोट र ब्याच अनिवार्य गरिएको क्याम्पस प्रमुख पराजुलीले बताउनुभयो ।

सम्बन्धित खबरहरु