काठमाडौ । अभिनेता भुवन केसीकी पूर्वपत्नी तथा अहिलेका स्टार अनमोल केसीकी आमा सुस्मिता बोम्जन (केसी) ले एक अस्ट्रेलियन नागरिकसँग इन्गेजमेन्ट गरेकी छन् । चलचित्र निर्मात्री एवं अभिनेत्री समेत रहेकी सुस्मिताले यही भदौ २४ गते (९ सेप्टेम्बर) सिंगापुरमा भारतीय मूलका अस्ट्रेलियन नागरिक किलन स्वामीसँग इन्गेजमेन्ट गरेको खुल्न आएको हो ।

भुवन केसीसँग डिभोर्स गरेपछि एक्लै बस्दै आएकी उनले छोरा अनमोल केसीकै सहमतिमा इन्गेजमेन्ट गरेको बुझिएको छ । अनमोल पछिल्लो पुस्ताका चर्चित नायक हुन् । सुस्मिताको बिहे भने सन् २०१९ को भ्यालेन्टाइन डेको अवसरमा फिजीमा हुने उनी निकट स्रोतले जानकारी दिएको छ । फिजीमा जन्मिएका किलन स्वामी अस्ट्रेलियाकाका ग्यास व्यवसायी तथा त्यहाँका धनाढ्य व्यापारी हुन् ।

सुस्मिताको केही विगत र वर्तमान तस्विरमा

सम्बन्धित खबरहरु