काठमाडौं । नेपालमा पछिल्ला दिनहरुमा बलात्कारका घटना उल्लेख्य मात्रामा बढ्दैं गएका छन । यसलाई रोक्न वा नियन्त्रण गर्न सरकारले कुनैं ठोस कदम चाल्न नसेको भए पनि एक नयाँ कार्यको थालनी गर्ने भएको छ । सरकारले यौनजन्य अश्लील सामाग्री प्रकाशन गर्ने वेबसाइट बन्द गराउने भएको छ । इन्टरनेटको माध्यमबाट यौनजन्य अश्लील समाग्रीमा सहज पहुँच हुँदा सामाजिक सद्भावमा खलल पुगेको भन्दै त्यस्ता वेबसाइट बन्द गराउन लागेको हो ।

संचार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी त्यस्ता वेबसाइट बन्द गरउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको जनाएको छ । मुलुकी अपराध (संहिता) ऐन २०७४ अनुसार यौनजन्य अश्लील समाग्री आदनप्रदान प्रकाशन र प्रसारणलाई बन्देज लगाएको समेत उल्लेख गरिएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

सम्बन्धित खबरहरु