होरा (भारत) । तपाईंले धेरै मानिसलाई विवाह गरेको देख्नु भएको छ तर के तपाईंले कहिल्यै जनावरहरूको विवाह देख्नुभएको छ ? आज हामी तपाईहरुलाई गधाको विवाहको बारेमा जानकारी दिदैछौं । यस्तो रोचक द्श्य कर्नाटक को होरा गाँउमा भेटिएको थियो जहाँ गाउँलेहरुले गधाको विवाह धुमधामसँग गरेका छन । यो अनौठो विवाह हेर्न ठुलो संख्यामा गाउँलेहरुको भिड लागेको थियो । यो भनिएको छ कि दुलाहा गधा जम्मा चार वर्षको भएको छ। गाउँलेहरुले यो विवाहलाई ठूलो उत्सव बनाए । पूजाहारीलाई बोलाएर सम्पूर्ण विधिपुर्वक विवाह सम्पन्न गरिएको हो ।

दुलहीलाई नयाँ कपडा लगाइयो। गधाले गधेनी अर्थात दुलहीलाई मंगलशुत्र पनि लगाइदिएको छ । सबै अतिथिहरूलाई मिठाई ख्वाइएको थियो र मान्यजनहरुले गधाको वैवाहिक सफल जिवनको लागि आशिष पनि दिएका छन । गाउँलेका अनुसार यो गधा केही दिन देखि धेरैं आक्रामक ढंगले व्यवहार गरिरहेको थियो। वास्तवमा उ सँग पहिले साथीको रुपमा गधा थियो जसको साथ उ धेरै खुसी थियो । जुलाईमा एक तेंदुले गधालाई मारे त्यसपछि गधा हिंस्रक भयो। गधालाई शांत गर्न गाउँलेहरुले उसको दोस्रो विवाह गरेका हुन । एजेन्सी

सम्बन्धित खबरहरु