काठमाडौं । नेकपा अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकताहरुलाई मौरी जस्तै मेहनती र लगनशिल बन्न निर्देशन दिएका छन् । वाम आन्दोलकी नेतृ साहाना प्रधानको चौथो स्मृतिसभालाई पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा आज सम्बोधन गर्दै ओलीले यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले भने, “कर्मी मौरी झैं एकजुट भएर काममा लाग्नुहोस् । सबैको संयुक्त मेहनतले देश निर्माण हुन धेरै समय लाग्दैन ।” उनले आफ्नो स्वार्थभन्दा देशको स्वार्थलाई केन्द्रमा राखेर काम गर्नुपर्ने आजको आवश्यक्क्ता भएको समेत जानकारी गराए ।

प्रधानमन्त्री ओलीले भने, “आफ्ना आग्रह, पूर्वाग्रह छाडौँ, आफ्नो होइन देशको स्वार्थलाई ध्यान दिऔं भने देश विकास हुन धेरै समय लाग्दैन” ओलीले विगतमा आफुहरुलाई दबाउन खोजिएको आरोप लगाएका छन । वामपन्थीको भूमिकालाई काँग्रेसले स्विकारेको भए ०१७ सालमा पञ्चायत स्थापना हुन नसक्ने ओलीको जिकिर थियो । उनले भने, “फेरी पनि वामपन्थी सुझाव मानेको पञ्चायत यती लामो समय रहने थिएन । ” साहाना प्रधान नेपालको राजनीतिक र सामाजिक आन्दोलनको अग्रणी नेतृ भएको प्रधानमन्त्री ओलीको बुझाई रहेको छ । अध्यक्ष ओलीका अनुसार “२०४६ सालको जनआन्दोलनमा उहाँको भूमिकाले नै नेपालमा जनताका अधिकार पुनर्बहाली गर्न सजिलो भएको हो ।”

सम्बन्धित खबरहरु