सिन्धुपाल्चोक । सरकारी काममा त्यती धेरैं अनुसन्धान नुहने भएको हुनाले अनियमियता कुनैं नयाँ कुरा भएन । मेलम्ची खानेपानी आयोजनाका लागि ल्याईएको सिमेन्ट चालकले तारामाराङको एक पसलमा बेचेको खुलासा भएको छ । ना ५ ख १०२७ नम्बरको १० चक्के ट्रकमा ल्याइएको उक्त सिमेन्ट ओजानको स्टोरमा बुझेको देखाएर बाहिर बिक्री गरेको प्रहरीले जनाएको छ । आयोजनाको मुहानस्थित अम्बाथानमा ३ सय ४० बोरा सिमेन्ट अनलोड गराएको भर्पाइ गराएर चालकले गत २ गते सिमेन्टसहितको ट्रक राजधानीतर्फ लगेका थिए । मेलम्ची प्रहरीका अनुसार ट्रकको टायर पञ्चर भएपछि चालकले उक्त सिमेन्ट स्थानीय तारामाराङको पसलमा बेचेका थिए । पसलेको नाम भने प्रहरीले बताएको छैन । आजको कान्तिपुर दैनिकमा खबर छ ।

सम्बन्धित खबरहरु