काठमाडौं । नेपालको लागि आजको महत्वपुर्ण समस्या भनेको कालोबजारी पनि एक हो । माफियाहरुले देशमा उधुम मच्चाइरहेको देख्न सकिन्छ । आफु खुःशी भाडा बढाउने देखि लिएर हरेक क्षेत्रमा मनोमानी देखिएको छ । गत ४ वैशाखमा सरकारले सम्पुर्ण यातयात समिति खारेज भएको घोषणा गर्दै साउनदेखि कुने पनि समिति नवीकरण नहुने पनि स्पष्ट पारेको थियो । तर, खारेज भईसकेको यातायात व्यवासयी राष्ट्रिय महासंघ वार्तामा बसेर उसैको मागअनुसार सरकारले दसैँको मुखैमा यातायातमा भाडा वृद्धि गरेको छ । यातायात मन्त्रालय र महासंघका प्रतिनिधिबीच शनिबार भएको वार्तामा १० प्रतिशत भाडा बृद्धि गर्ने निर्णय भएको हो । भाडा बृद्धि आईतबारबाटै लागु गर्ने निर्णय भएको विभागले जनाएको छ । गाडीभाडा बढाउने निर्णय भएसँगै व्यवसायी दसैँका लागि अग्रिम टिकट बुकिङ खोल्न सहमत भएको विभागको दाबी छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

सम्बन्धित खबरहरु