बुटवल । कहिलेकाँही अनौंठो हुन्छ । हाम्रो आँखाले सही र गलत्त छुट्याउदा गलत्त गर्छ । अर्घाखाँची सितगङ्गा नगरपालिका १० सिद्धरा काठेखोलाका मानबहादुर नेपालीलाई यस्तैं भयो । उनको बारीमा भालुले कोदो खाइरहेको थियो तर नेपालीले त्यसलाई गोरु भन्ने ठाने र लखेट्न गए । उनलाई भालुले आक्रमण गर्यो अहिले गम्भीर घाईते भएका छन । उनको तिघ्रा र गुप्ताङ्गमा बढी चोट लागेको छ भने घाँटी र पिठ्युँमा समेत चोट लागेको छ । वडाध्यक्ष हिम्मत पोख्रेलको अगुवाईमा घाइते नेपालीलार्इ स्थानीयले उपचारक लागि बुटवल पठाएका छन् ।

सम्बन्धित खबरहरु