काठमाडौ ।। यूएइमा जारी एसिया कप क्रिकेटमा आज (आइतबार) सुपर फोर अन्तर्गतका दोस्रो खेल हुँदैछन् । एसिया कपमा सहभागि ६ टिममध्ये भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तान सुपर फोरमा एक अर्कासँग भिड्न लागेका हुन् । खेल चलिरहँदा पाकिस्तानका प्रधानमन्त्री इमरान खान मैदानमै जाने भएका छन् । क्रिकेटका पूर्व कप्तान समेत रहेको इमरान आफै जाने भएका हुन् ।

जस अन्तर्गत आज भारत र पाकिस्तान तथा अफगानिस्तान र बंगलादेश भिड्न लागेका छन् । सुपर फोर अन्तर्गत पहिलो खेलमा भारतले बंगलादेश तथा पाकिस्तानले अफगानिस्तानलाई पराजित गरेका थिए । भारत र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार सवा ५ बजे दुबईमा हुँदा सोही समयमा अफगानिस्तान र बंगलादेश सारजाह मैदानमा भिड्नेछन् । समूह चरणमा पनि भारत र पाकिस्तान तथा अफगानिस्तान र बंगादेश यसअघि भिडि सकेका छन् ।

भारतले समूह चरणमा पाकिस्तान र हङकङलाई पराजित गरेको थियो भने अफगानिस्तानले बंगलादेश र श्रीलंकालाई पाखा लगाएको थियो । आजको खेलमा भारत र पाकिस्तान मध्य एउटा टिम विजयी भए फाइनल पुग्ने सम्भावना बलियो हुनेछ । दुवै टिमले पहिलो सुपर फोरमा विजयी भएकाले आजको खेलको नतिजाले फाइनल यात्रा सहज हुने छ ।

सम्बन्धित खबरहरु