निर्मला प्रकरण छानविन गर्न गठित उच्चस्तरीय समितिको प्रतिवेदन तयार : प्रतिवेदनमा के छ ?


काठमाडौ । बलात्कारपछि हत्या भएको दावी गरिएकी कञ्चनपुरकी १३ बर्षिय बालिका निर्मला पन्त प्रकरणमा सत्य तथ्य छानविन गर्न गठित उच्चस्तरीय समितिले प्रतिवेदन तयार पारेको छ । प्रहरीले नै उक्त घटना लुकाउनलाई निक्कै ठूलो कसरत गरेको भन्ने आरोप लागेपछि सत्यतथ्य पत्ता लगाउन उक्त समिति गठन भएको थियो । गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा उक्त समिति गठन भएको थियो ।

समितिमा प्रदेश ७ को आन्तरिक मामिला तथा कानून मन्त्रालयको तर्फबाट समिति सदस्य वीरेन्द्र केसी थिए । उनले समितिले चित्तबुझ्दो काम गर्न नसकेको भन्दै बीचैमा राजिनामा दिएका थिए । फेरी गृहमन्त्रीसँगको छलफलमा सहमत भएपछि पुन छानविनको कार्यमा खटिएका थिए । अहिले उनलाई समेत चित्त बुझ्नेगरी प्रतिवेदन तयार भएको जानकारी दिएका छन् ।

जनबोलीसँग कुरा गर्दै केसीले भने प्रतिवेदन तयार भएको छ । हामीले त्यहाँ जे देख्यौँ । सबै खुलाएर लेखेका छौँ । उक्त प्रतिवेदन आजै गृहमन्त्री रामबहादुर थापा बादललाई बुझाउन समितिको टोली काठमाडौ आएको थियो । तर गृहमन्त्रीको सयम नरहेका कारण प्रतिवेदन मंगलबार बुझाउने तयारी छ । उनले छोटो प्रतिक्रिया दिँदै भने प्रतिवेदनमा म अहिले पूर्ण सन्तुष्ट छु । जे देखियो त्यो राखिएको छ । यसले अपराधि समाउन काम गर्नेछ ।

प्रतिवेदनमा के छ त भन्ने जिज्ञासामा उनले अहिले नै आफुले खुलाउन नमिल्ने बताए । यो मन्त्रालयले लगाएको काम हो । स्वयं मन्त्री ज्यू समक्ष प्रतिवेदन पुग्छ । उहाँको हातबाटै खुल्न परे खुल्नेछ उनले भने । साउन १० गते साथीको घरमा गएकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो । प्रहरीले छानबिनमा लापरवाही गरेको भन्दै स्थानीयबासीले आन्दोलन गरेपछि स्थानीय प्रहरी र प्रशासनको नेतृत्व परिर्वतन गर्नुका छानबिन समिति बनेको थियो । स्थानीय प्रहरी देखि अनुशन्धानका लागि काठमाडौबाट खटिएको केन्दीय अनुशन्धानका प्रहरी अधिकारीहरु समेत यो प्रकरणमा कार्बाहीमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्