पाल्पा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली युवा नेता गगन थापा बेला बेला चर्चामा आउने गर्दछन् । उनी सरकारमा हुँदापनि चर्चाकै शिखरमा थिए । प्रतिपक्षमा रहँदा समेत सत्तारुढहरुलाई गाली गरेरै चर्चामा आउने गर्दछन् । भर्खरै मात्र गगनले वर्तमान सरकार जनता र प्रेससंग डराउन छाडेको आरोप लगाएका छन् ।

उनले जनता र प्रेसले उठाएका विषयवस्तुसँग डराउन सरकारलाई आग्रह गरे । नेपाल प्रेस युनियन जिल्ला शाखाको पदस्थापना कार्यक्रम तथा पत्रकार अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता थापाले सरकारले जुनसुकै निर्णय गर्दा पनि ढुक्क हुनु गलत भएको बताए । ‘सरकार प्रश्न गर्नेहरु माथि जाई लाग्न भन्छ तर प्रश्नहरुसँग सरकार डराएन भने जनताले के भन्छन् रु भन्ने विषयमा बेसरोकार निर्वाचित सरकार रह्यो भने यो एकदमै गम्भीर विषय बन्छ,’ उनले भने, ‘‘कसले के भन्छ भन्ने विषयमा सरोकार रहेन भने यो गलत हुन्छ ।’

प्रतिपक्षले उठाएका विषय गलत पनि हुन सक्छ तर यस विषयलाई मतलब गरिएन भने गलत प्रवृत्ति हाबी हुँदै जाने उनले बताए । ‘सरकारको कदम सही हुन पनि सक्छ,’ उनले भने, ‘यी सबै विषयमा मलाई मतलब छैन, तिमीहरु बोल्दै जाउँ विकास विरोधी बोल्दै जान्छन् केही पनि छैन भन्नु गलत हो ।’ सुशासनका लागि गलत प्रवृत्ति हराउँदै गएको बताउँदै सांसद थापाले निर्वाचित सरकार जनता र प्रेससंग डराउनपर्ने सुझाव दिए ।

नेता थापाले निर्वाचित सरकारले डरलाग्दो प्रवृत्ति मौलाउन दिएकाले यस्ता गलत प्रवृत्तिको विरोध गर्नुपर्नेमा जोड दिए । ‘मेरो बारेमा जनधारणा बदलिएको छ भन्ने कुरा किन बुझ्न सकेका छैनन्,’ उनले भने, ‘निर्वाचनबाट आएको सरकार डराउनुपर्छ । मैले गरेका गल्ती सच्चाउनुपर्छ भन्ने धारणा कहिल्यै बनाउन सकेको छैन ।’ उनले अहिलेको सरकारले आफुलाई बिस्तारै तानाशाह बनाउँदै लगेको बताउँदै सबैभन्दा धेरै अनुकूलताको समयलाई क्षमताको अभावमा खेर फाल्न खोजेको उल्लेख गरे ।

‘सरकार क्षमताका हिसाबले सही ढंगले शासन गर्न सकेको छैन,’ उनले भने, ‘नागरिक भएर हेर्दै गर्दा सानादेखि ठूला काम गर्न मेसो पाएको छैन ।’ अब नेपाली जनताले यस्तै अवस्था भोग्दै गए भने पद्दतीमा प्रश्न उठाउने भएकाले यस विषयमा सरकार गम्भीर हुन नेता थापाले आग्रह गरे ।

सम्बन्धित खबरहरु