वि.सं. २०७५ आश्विन ०९ गते मङ्गलबार तदनुसार ई. सं. २०१८ सेप्टेम्बर २५ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (ञलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:५३ बजे र सूर्यास्त : साँझ ०५:५६ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:४५ बजे र सूर्यास्त : साँझ ०५:४८ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:५८ बजे र सूर्यास्त : साँझ ०६:०१ बजे, भाद्रपद शुक्लपक्षको पूर्णिमा तिथि, बिहान ०७:४२ बजेसम्म, त्यसपछि प्रतिपदा तिथि, उत्तराभाद्रा नक्षत्र, मध्यरात्रीपछि ०१:३५ बजेसम्म, त्यसपछि रेवती नक्षत्र, चन्द्रमा मीन राशिमा (अहोरात्र व्याप्त), बृद्धि योग, मध्यरात्रीपछि ०५:०७ बजेसम्म, त्यसपछि ध्रुव योग, बब करण, बेलुका ०८:०४ बजेसम्म त्यसपछि बालब करण, आनन्दादि योग : सिद्धि, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : वायव्य, वारशूल : उत्तर, नक्षत्रशूल : दक्षिण, आजको चाडपर्व र उत्सव : इन्द्रदह स्नान, भक्तपुरमा सिद्धपोखरी मेला, सोह्र श्राद्ध प्रारम्भ, सोह्र श्राद्धअन्तर्गत प्रतिपदा तिथिको श्राद्ध, चेपांगहरूको चोनाम पर्व, प्राणनाथ छत्रशाल मिलाप (कृष्णप्रणामी), यँया पुह्नि, ओंगयामंगया

आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त : भोलिको चाडपर्व र उत्सव : सोह्र श्राद्धअन्तर्गत द्वितीया श्राद्ध, पुञ्चली भूजा, ११ गते : सोह्र श्राद्धअन्तर्गत तृतीया श्राद्ध, पर्यटन दिवस, १२ गते : सोह्र श्राद्धअन्तर्गत चतुर्थी श्राद्ध, गातिला, इन्द्रध्वजपातन, नानीचाया, युवा ज्योतिष सुजल श्रेष्ठ, ज्योतिष परामर्श केन्द्र पाटन दरबार, (भीमसेन मन्दिरको ४ घर उत्तर दिशा) ललितपुर नेपाल । सम्पर्क फोन नं. ०१ – ५५४२९५८, मोबाईल ९८४१७६३५५९ । सुरु गरौँ आजको राशिफल । शुरु गरौ आजको राशिफलबाट

 

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मठ मन्दिरमा जान पाइएला वा जान पाउँने कुरा होला । किन(मेलमा मन जानेछ । नसोचेको ठाउमा खर्च होला । अकस्मात केही नौला व्यक्ति भेटिएला । स्वास्थ्य निर्बल बन्न सक्छ, आफ्नो ज्यनको ध्यान राख्नु होला । आर्थिक सहयोगको खोजीमा अलि खट्नु पर्ला । फाइदा फाइदा भन्दै पछि त्यतिकै त्यो पैसा खर्च नगर्नु होला । नराम्रो बोल्ने मान्छेहरु संग नराम्रो नै बोलेर आफ्नो मुख खराब नगर्नु होला । प्रयत्न गर्दा आउने समस्याहरु समाधान हुनेछन् । के खाउ के खाउ हुन सक्छ । रमाइलो दिनको सुरु भएको देखिन्छ । नयाँ नयाँ काम कुराहरु आउलान । विभिन्न काम, कार्यक्रम आदिमा सहभागी हुन पाइएला ।

वृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
जिल्लाको भ्रमण गर्ने मौका मिल्न सक्छ । जति मेहनता गर्यो उति आम्दानीहरु बढाउन सकिनेछ । खेलकुद आदिमा लाभ होला । मनोरञ्जनको समय छ । धेरै भाइ बहिनीहरु संग जमघट हुन सक्छ । बिद्द्यार्थीहरुको लागि पढाई लेखाइमा मन लगाएर पढ्नु पर्ने समय आएको छ । पुजा(पाठमा संलग्न हुनु पर्ने जस्तो बातावरण होला । आफ्नो नातेदार आदि संग जमघट हुन सक्छ । व्यापार लगायत अन्य क्षेत्रमा राम्रो देखिन्छ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
तपाइँले गर्ने व्यवसायको सन्दर्भमा सुभ देखिन्छ, मंगलमय देखिन्छ । उत्साह पूर्ण चुनौती पन्छाउँदै अघि बढ्न सकिनेछ । बोलेर सबैलाई समेट्न सकिनेछ र सबैले सहजै आफ्नो कुराहरुको पालना गर्नेछन । टाढाका साथीभाइ, आदिको निम्तो प्राप्त हुन सक्छ वा भेटघाट गर्न जान आउन पाउने हुन सक्छ । पारिवारिक काम प्रारम्भ गर्ने समय छ । उद्योग कारखाना आदिको काम नगरी नहुने गरि काम आउला । कतै जाने मन नहुने होला । बाहिर गएर आउनु पर्नेमा बाहिर बाहिर नै वस्न सकिनेछ । नयाँ काम फेला पर्न सक्छ त्यसैले बेरोजगारहरु काम खोज्न जादा हुन्छ र गरिरहेको काम नमनपर्नेहरु नया खोज्दा पनि हुन्छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
तिर्थ यात्रा वा कुनै किसिमको भ्रमणको कुरा आउला वा जान पाइएला । सानो ठुलो यात्राको तयारी गर्नु पर्ने हुनसक्छ । इज्जत र सम्मान पाउनु पर्ने ठाउँ बाट पनि पाउन कम भएको जस्तो होला । आफ्नो भन्दा गन्ने सुन्ने मान्छेको कुरा दबदबा होला । मन कता कता हराउँने भएको हुनाले मनो बल अलि कम जस्तो होला । शिक्षा पढाई लेखाइमा सुभ देखिन्छ । मनले चाहेका कुराहरु पुग्नेछ । जुन् कुरा पहिले देखि सोचिरहेको थियो त्यो पुरा होला र ठुलो उत्सव समारोहमा खट्नु पर्ने हुन सक्छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रोग आदि भए त्यसको समाधान गर्न सकिएला वा कम गर्न सकिएला । कर्जा लिनुपर्ने हुन सक्छ वा पाउने हुन सक्छ । धेरै आउछ भनि अरूको मुख नताक्नु होला, अरुबाट पाउने भन्दा आफ्नै युक्तिले बढी लाभ होला । अरुले त्यतिकै फसाउन सक्छन्, मन नभएको काम कुरामा लाग्नु पर्ला । सर सामानहरु मिलाउनु पर्ने समय आएको छ । मिलेर काम गर्ने मान्छेहरुबाट धन पाइनेछ । कुनै पनि बिग्रेको कुरालाई बनाउँन सकिएला र परिश्रम विना फल पाउन गाह्रो हुनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
रमाइलो र खुसीले भरेको समय छ । घरायसी वातावरणमा केहि सुधार ल्याउन सकिएला । नसोचेको मान्छे भेट होला । स्वास्थ्य सबल रहनेछ, तर बिस्तारै अलि कमजोरी होला । जति कामहरु पुरा गरे पनि त्यस्तै जस्तो लाग्न सक्ला त्यसैले काम वा धन नै सब थोक होइन आराम र शान्ति पनि चाहिन्छ भन्ने बिचार गर्नुहोला । काम बने पनि सन्तुष्टतामा भने ठिक ठिकै मात्र रहनेछ । कार्यक्रम आयोजनामा सहभागी हुन पाइएला । कार्यक्रम आयोजना आदिको कुनै छल फल आदि गर्न जानु पर्ने होला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझावलाइ गहिरो गरि लिएर चिन्तन मनन गरि महत्वपुर्ण काममा अघि बढ्नु होला । स्वास्थ्य सबल बनाउदै लैजान सकिएला । कर्जा लिनुपर्ने सोच आउन सक्छ वा लिइएला । अरु जनहरुले समस्या निम्त्याउने हुँदा सतर्क रहनु होला । स्वास्थ्य प्रतिकूल बन्न सक्छ । तत्काल सामान्य फाइदा पछि घाटा हुन सक्ला, सजक रहनु होला । बोल्ने बानी सिक्दा राम्रो हुनेछ । विशेष योजनाहरुको तयारी गर्नु पर्ने होला । जीवनशैलीमा अकस्मात परिवर्तन आउनेछ । मुद्दा मामिलामा अघि बढ्न पर्ने जस्तो होला र प्रतिस्पर्धीहरूको स्वतः हार हुनेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धेरै विद्युतीय उपकरण चलाउनु पर्ने काम आउला । कुनै किसिमको भ्रमणको कुरा आउला वा जान पाइएला । दाँत आदि दुखेको भए छिट्टै निको हुनेछ । बिना तयारी घुमफिर गर्नु पर्ला ,त्यस्तै खाले समय आएको छ । साना तथा ठुलो दुरीको यात्राको सम्भावना बढेको छ । तत्कालै फाइदा नभए पनि फाइदा हुने कामहरु भने प्राप्त हुन सक्छन । श्रमको मूल्यांकन होला, र सो अनुरुप पारिश्रमिक वा पैंसा बिस्तारै पाइएला । कमजोरीलाइ सुधारि अघि बढ्दै जान सकिनेछ । फाइदा हुने काम प्राप्त हुन सक्छ । श्रम र बुद्धिको मूल्यांकन होला । सहयोग गर्नेहरू धेरै भेटिनेछन् ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफन्तहरु संग जमघटको, कुरा आदि गर्नु पर्ने समय आएको छ । कल कारखानामा कामहरु धेरै बढ्नाले खुसीको माहोल हुनेछ । कतै जाने मन होला । भौतिक साधनले गर्दा जीवनशैलीमा सहजता आउला । पैत्रिक कामहरुको आगमनको संकेत छ । श्रीमती तर्फबाट पनि पारिवारीक सुख(दुख प्रभाबित हुने देखिन्छ । दिन चर्या भ्याइनभ्याई होला । अरूको मुख नताक्नु होला । अवसरको खोजीमा भौतारिनु पर्ला । सहयोगीहरूले केही समस्या भने बढाउन सक्छन । जीवनशैलीमा परिवर्तन आउन सक्छ, अर्थात् दैनिकी कामहरु बढेर आउने हुन्छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
यात्राको माहोल बनेको छ, सानो ठुलो यात्रा गर्नु पर्ने होला । अरुले इज्जत गर्नेछ, सम्मान गर्नेछ र गन्ने सुन्ने मान्छे मान्नेछ । सैक्षीक चाजो बाजो आदि मिलाउने कामहरुमा वृद्धि हुन सक्छ । घुमफिरको समय र बातावरण तयार गर्नु पर्ला । रमाइलो र मंगलमय यात्रा हुन सक्छ । मेहनत गर्दा मात्र अलि बढी सफल होला किन कि काम बन्न अलि संघर्ष गर्नु पर्ला । आँटेको काममा अलि ढिलाई होला । ठुलो ठुलो काममा भन्दा सानोमा मन होला र घर परिवारमा सबैलाई माया बढ्न पाईनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यावसायिक काममा मनग्गे लाभ हुनेछ त्यसैले कमाउन चाहनेले जति मेहनत गरे त्यति लाभ होला । कृषिकर्म आदि काममा मनग्गे लाभ हुनेछ । खानपानको सोख पलाउन सक्छ नयाँ नयाँ भोजन गर्न मन लाग्न सक्दछ । बिरामी हुन सक्ला, जे पायो त्यही नखानु होला । आँटेको काममा अलि ढिलाई होला । प्रतिकुल स्थिति आउन सक्ने हुन्छ । आकस्मिक खर्च बढ्नाले मनमा चोट लाग्ला । कर्जा लिनुपर्ने हुन सक्छ र अलि मेहनत गर्नु परे पनि अन्तमा खुसिनै महसुस होला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफुलाई र अरुलाई बराबर सम्मान हुनेछ । अरुको सानो सहयोगले धेरै खुसि होला । व्यावहारिक अलमलले काममा बाधा ल्याउला । सुखको समय भए पनि किन किन खल्लो भएको जस्तो होला, निराश नहुनु होला । काम बिग्रन सक्छ तर होस् गरे नबिग्रन वा कम मात्र बिग्रन सक्नछ । माया गर्ने मान्छेहरुको याद आउला । मित्रहरु वा कोहि पनि चाहिदैन एक्लै ठिक छु भन्ने हुन्छ र स्वास्थ्य भने आज धेरै राम्रो हुनेछ ।

सम्बन्धित खबरहरु