एजेन्सी । विश्वकै ठूलो बैज्ञानिकहरुको संगठन नासाले एउटा चमत्कारीक सिरानी बनाएको दाबी गरेको छ । नासाले दावी गरे अनुसार यो सिरानीको प्रयोगले गहिरो निद्रा पर्ने र पसिना समेत सोस्ने अद्भूत काम गर्नेछ । नासाले यो सिरानी विशेष गरी अन्तरिक्ष यात्रीहरुलाई अलग अलग तापक्रममा हुने नोक्सानीबाट जोगाउन निर्माण गरेको बताएको छ ।

विश्व बजारमा यो सिरानीको मूल्य ९९ अमेरिकी डलर राखिएको छ । विशेषज्ञहरुका अनुसार, यो सिरानी दुई किसिमको छ । पहिलो श्रेणीमा हिब्र नाम गरिएको सिरानीको मूल्य ९९ डलर राखिएको छ । यसमा पसिना सोस्ने फोमको प्रयोग गरिएको छ । अर्को सिरानी जिक बताइएको छ । यो जिक नाम गरेको सिरानीको मूलय २ सय डलर राखिएको छ ।

यसमा स्लिप सेन्सर, स्पिकर र भाइब्रेटर राखिएको छ । यो पछिल्लो जिक नाम गरेको सिरानी प्रयोग गरेर सुतेको बेला घुर्ने समस्या भएकालाई घुरेको आवाजले नै भाइब्रेट भएर प्रयोगकर्तालाई सुस्तरी उठाउने बतान्छ । नासाले अनेकौँ अद्भूत चमत्कारीक खोज, अनुशन्धान तथा उत्पादन गरिरहेको छ । आधुनिक प्रविधिको युगमा नासा सबैको भरपर्दो निकाय बन्न सफल भएको छ ।

सम्बन्धित खबरहरु